Successfully Copied

जाडो र स्वास्थ्य

जाडो मौसममा श्वास–प्रश्वासको समस्या बढी देखिन्छ । वृद्धवृद्धा तथा बालबालिकामा यो रोग बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्ने र यसले थप समस्या पनि निम्त्याउने गर्छ । धेरै दम बढेमा मुटुमा पनि असर पार्न सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढी तथा

जाडो मौसममा श्वास–प्रश्वासको समस्या बढी देखिन्छ । वृद्धवृद्धा तथा बालबालिकामा यो रोग बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्ने र यसले थप समस्या पनि निम्त्याउने गर्छ । धेरै दम बढेमा मुटुमा पनि असर पार्न सक्छ । त्यसैले जाडो मौसममा बूढाबूढी तथा बालबालिकालाई चिसोबाट जोगाउनुपर्छ । 

जाडो मौसमको अर्को मुख्य समस्या रुघाखोकी लाग्नु पनि हो । यो समस्या पनि बालबालिका तथा वृद्धवृद्धामा बढी देखा पर्छ । भाइरल संक्रमणका कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट बच्नका लागि रुघाखोकी लागेका मानिसको नजिक बस्नु हुँदैन । उनीहरूले प्रयोग गरेको सामान प्रयोग गर्नु हुँदैन । शरीर न्यानो बनाइराख्नुपर्छ । समय–समयमा तातो पानी तथा सूप सेवन गरिरहनुपर्छ । 

यसैगरी साना बच्चा तथा बूढाबूढीमा जाडो मौसममा निमोनियाँ पनि देखिन सक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस, ब्याक्टेरिया तथा फंग्सको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममा बढी नै देखा पर्छ । श्वास–प्रश्वास तथा रुघाखोकीसँगै हुन्छ ।

जाडो मौसममा हाइपोथर्मिया पनि देखा पर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु नै हाइपोथर्मिया हो । अधिक चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै समय बस्दा यो समस्या उत्पन्न हुन सक्छ । हाइपोथर्मिया हुँदा हातखुट्टा निलो हुने छोएको महसुस हुँदैन । समयमा उपचार नगराए ज्यान जान समेत सक्छ । 

व्यायाम 

    जाडोको समयमा खानेकुरा धेरै रुच्ने भएकाले शरीरको तौल बढ्छ । यसलाई 

कम गर्न नियमित रूपमा व्यायाम गर्नुपर्छ । 

    जाडोमा सबेरै मर्निङ वाकका लागि निस्कनु हुँदैन । निस्कनुपरे पनि बाक्लो पहिरन लगाएर मात्र निस्कनु उपयुक्त हुन्छ ।

    जाडो भयो भनेर अल्छी नगरी घरमा तथा क्लबमा गएर एरोबिक्स, वेट ट्रेनिङ, ट्रेडमिल, साइक्लिङ गर्न सकिन्छ । 

 Image