फिट हुँदै वर्षा शिवाकोटी

नारी संवाददाता

मंसिर १०, २०७६

नायिकाका रूपमा रहन फिट रहनु एकदमै आवश्यक छ । जिउडाल मिलेको छैन भने नायिकाले धेरै कुरा सुन्नुपर्छ । चलचित्रमा प्रवेश गर्दा नै मोटी भएकीले धेरैले मलाई मोटी नायिका भन्थे । त्यसले पनि मलाई जिम जान प्रेरित गरेको हो । हिजोआज म बेलुकी रोटी खान्छु, मैदा खान्न ।

खानामा छोड्न नसकेको आलु हो । मन लागेको बेला आलु खान्छु तर आलु खाएको दिन खाना खान्न । दाल, गेडागुडीको रस मेरो नियमित आहारमा पर्छ । हरेक दिन साग, फलफूल तथा जुस छुटाउँदिन ।

स्याउ, स्ट्रबेरी एवं किबी नियमित रूपमा खान्छु । मैले कोल्ड ड्रिंक्स पिउन छाडेको धेरै भयो । नियमित योग एवं सन्तुलित खाना नै मेरो स्वास्थ्य र सौन्दर्यको रहस्य हो । म आफ्ना सबै काम नियमित रूपमा गर्छु । खानामा अनुशासित बन्ने हो भने पनि धेरै फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×