पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल
काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
हङकङमा सम्पन्न नेप्लिज स्नुकर च्याम्पियनसिप प्रतियोगिता २०१९को उपाधि कुमार घलेले जितेका छन् । कुमारले बेस्ट अफ सेभेन अन्र्तगतको खेलमा ४/१ को फराकिलो अन्तरमा प्रतिद्धन्दी सुमन गुरुङलाई जितेका हुन ।
विजेता खेलाडीहरुलाई क्रमश १० हजार हङकङ डलर, ५ हजार हङकङ डलर र ट्रफि प्रदान गरियो । प्रतियोगितामा प्रेमचन्द्र तामाङलाई हाईएस्ट ब्रेकको लागि १ हजार डलर प्रदान गरियो ।
हङकङ नेप्लिज स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा कुल ५२ जना नेपाली खेलाडीहरु सहभागी थिए । खेलको स्तरको आधारमा समुह ए मा २८ जना, समुह बी मा १६ जना र समुह सी मा ८ जना खेलाडीहरुलाई बर्गीकरण गरिएको थियो ।
प्रतियोगितामा कुमार नवच्याम्पियन बनेका हुन् । यस अघिका प्रतियोगिताहरुमा सुमन गुरुङ, दिपेन राना च्याम्पियन बनेका थिए ।
स्पोर्टस क्लबका अध्यक्ष ओम गुरुङ भन्छन् करिब २ महिना लामो खेलको प्रक्रिया र बर्गिकरण पश्चात फाईनल खेल सम्पन्न भएको छ । हङकङमा रहेका नेपालीहरुलाई स्नुकर खेलप्रति आकर्षित गराउादै अन्तराष्ट्रियस्तरका खेलाडीहरुको उत्पादन गर्ने लक्ष्यमा हामी सफल भईरहेका छौ ।