बलिष्ठ शरीरको खेलमा कोमल नारी
शारीरिक सुगठनमा महिला खेलाडी निकै कम छन् । कडा मेहनत चाहिने र खर्चिलो समेत भएकाले यो क्षेत्रमा भविष्य बनाउनेहरूको संख्या बढ्न सकेको छैन । त्यसमाथि पनि महिलाहरूका लागि यो त्यति आकर्षकको विषय मानिँदैन ।

हङकङमा सम्पन्न नेप्लिज स्नुकर च्याम्पियनसिप प्रतियोगिता २०१९को उपाधि कुमार घलेले जितेका छन् । कुमारले बेस्ट अफ सेभेन अन्र्तगतको खेलमा ४/१ को फराकिलो अन्तरमा प्रतिद्धन्दी सुमन गुरुङलाई जितेका हुन ।
विजेता खेलाडीहरुलाई क्रमश १० हजार हङकङ डलर, ५ हजार हङकङ डलर र ट्रफि प्रदान गरियो । प्रतियोगितामा प्रेमचन्द्र तामाङलाई हाईएस्ट ब्रेकको लागि १ हजार डलर प्रदान गरियो ।
हङकङ नेप्लिज स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा कुल ५२ जना नेपाली खेलाडीहरु सहभागी थिए । खेलको स्तरको आधारमा समुह ए मा २८ जना, समुह बी मा १६ जना र समुह सी मा ८ जना खेलाडीहरुलाई बर्गीकरण गरिएको थियो ।
प्रतियोगितामा कुमार नवच्याम्पियन बनेका हुन् । यस अघिका प्रतियोगिताहरुमा सुमन गुरुङ, दिपेन राना च्याम्पियन बनेका थिए ।
स्पोर्टस क्लबका अध्यक्ष ओम गुरुङ भन्छन् करिब २ महिना लामो खेलको प्रक्रिया र बर्गिकरण पश्चात फाईनल खेल सम्पन्न भएको छ । हङकङमा रहेका नेपालीहरुलाई स्नुकर खेलप्रति आकर्षित गराउादै अन्तराष्ट्रियस्तरका खेलाडीहरुको उत्पादन गर्ने लक्ष्यमा हामी सफल भईरहेका छौ ।