Successfully Copied

पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल

काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।


‘पेरिस ओलम्पिक २०२४’ को एसियाली छनोटबाट नेपाली महिला राष्ट्रिय फुटबल टोली बाहिरिएको छ । चार महिनापछि विश्वकप खेल्ने तयारीमा रहेको भियतनामले नेपाली टोलीलाई समग्रमा ७–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश ग¥यो । 

भियतनामले दुई खेलबाट छ अंक बटुल्दै शीर्ष स्थानमा कब्जा जमायो । आयोजक नेपाल अंकविहीन रह्यो । यस समूहमा अफगानिस्तान र प्यालेस्टाइनले अन्तिम समयमा नाम फिर्ता लिएका थिए । त्यसपछि नेपाल र भियतनामबीच दुई खेल भएको थियो । काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो । 

फिफा बरियतामा ३३ औं स्थानमा रहेको भियतनामले आफ्नो स्तरअनुसारकै खेल प्रस्तुत गर्न सफल रह्यो । नेपाली महिला राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्न थालेको ३७ वर्ष हुँदै गर्दा दक्षिण एसियाबाहिरको पहिलो प्रतिद्वन्द्वी बनेर आएको भियतनामको टिमलाई कडा चुनौती दिए पनि डिफेन्स र गोलकिपरको गल्तीले नेपाल इतिहास रच्नबाट चुक्यो । यसअघि सन् २०१८ मा नेपालले समूह चरणमा अपराजित रहँदै ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यसबेला नेपालको समूहमा रहेका भारत, बंगलादेश र म्यानमारसँग नेपालले समान १–१ को बराबरी खेलेको थियो ।

 Image