Successfully Copied

सम्झनामा विवाह

२६ वर्षमा विवाह गरेकी भुवन त्यो समयमा आफ्नो विवाह ढिलो गरी भएको बताउँछिन् । उमेर र जागिरका कारण हरेक निर्णय आफैं लिन सक्ने अवस्थामा भएकाले पनि चन्दले माइकलसँग विवाह गर्ने निर्णय गरिन् । यसले गर्दा पनि उनीहरूबीच सहजै विवाहको सहमति जुट्यो । विवाहको समयमा माइकल डेरामा

२६ वर्षमा विवाह गरेकी भुवन त्यो समयमा आफ्नो विवाह ढिलो गरी भएको बताउँछिन् । उमेर र जागिरका कारण हरेक निर्णय आफैं लिन सक्ने अवस्थामा भएकाले पनि चन्दले माइकलसँग विवाह गर्ने निर्णय गरिन् । यसले गर्दा पनि उनीहरूबीच सहजै विवाहको सहमति जुट्यो । विवाहको समयमा माइकल डेरामा बस्थे । उनले भुवनलाई डेरामै भित्राएका हुन् ।

नेपाली सिने जगत्की प्रथम अभिनेतृ हुन्–भुवन चन्द । उनले २०३३ मंसिरमा माइकल चन्दसँग विवाह गरेकी थिइन् । विवाहअघिदेखि नाट्य क्षेत्रमा सक्रिय चन्द नाचघरमा जागिर खान्थिन् । उनी नाट्य क्षेत्रका सिनियरका रूपमा नाचघरमा जागिरे थिइन् । त्यही समयमै उनको माइकल चन्दसँग चिनजान भएको थियो । माइकल रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार वाचकका रूपमा कार्यरत थिए । माइकल र भुवन दुवै नाचघरमा जागिरे रहँदा एक–अर्कालाई चिन्ने अवसर जुरेको हो । भुवन माइकलको स्वरको प्रशंसक थिइन् भने माइकल भुवनको रूप तथा उनको हिँड्ने शैलीबाट मोहित थिए । उनीहरूलाई एक–अर्काको स्वभाव मनपर्न थालेको थियो । त्यो समयमा प्रेम प्रस्ताव राख्ने, डेटिङ जाने वा आफ्नो मनको कुरा अभिव्यक्त गर्ने चलन थिएन । 

भुवन त्यो समयको स्मरण गर्दै भन्छिन्–‘हामीमा एक प्रकारको मायाको भाव त थियो, तर भेट्ने–घुम्ने भने केही भएन, हामी एक–अर्काको प्रेममा भने थियौं भन्ने अहिले लाग्छ । करिब ४ वर्षको सम्बन्धपछि माइकलले भुवनसमक्ष विवाहको प्रस्ताव राखे । भुवनले पनि त्यसलाई सहजै स्वीकार गरिन् । विवाहका बारेमा घरमा कुरा गर्दा चन्दलाई कुनै गाह्रो भएन । न त कुनै पारिवारिक समस्या न त एक–अर्कामा डिपेन्डेड हुनुपर्ने डर । २६ वर्षमा विवाह गरेकी भुवन त्यो समयमा आफ्नो विवाह ढिलो गरी भएको बताउँछिन् । उमेर र जागिरका कारण हरेक निर्णय आफैं लिन सक्ने अवस्थामा भएकाले पनि चन्दले माइकलसँग विवाह गर्ने निर्णय गरिन् । यसले गर्दा पनि उनीहरूबीच सहजै विवाहको सहमति जुट्यो । विवाहको समयमा माइकल डेरामा बस्थे । उनले भुवनलाई डेरामै भित्राएका हुन् । दुलही भएर माइकलको डेरामा भित्रिएको अझै सम्झना छ भुवनलाई । विवाहपछि जिम्मेवारीका साथै चुनौतीसमेत थपिने उनको अनुभव छ । 

अहिलेकी निकै चर्चित नायिका हुन्–वर्षा रावत । संजोग कोइरालासँग प्रेममा रहेको करिब ८ वर्षपछि उनले विवाह गरेकी हुन् । चलचित्र ‘सरी ल’ को अडिसनका क्रममा वर्षा र संजोगको भेट भएको थियो । उनीहरू एकसाथ चलचित्रमा छनोट भएपछि नजिकिएका थिए । लामो समयदेखि साथीका रूपमा रहेका उनीहरू प्रेम प्रस्ताव नगरी मायामा परेको बताउँछन् । उनीहरूको यो जोडी सामाजिक सञ्जालमा पनि निकै छाएको जोडी हो । सान्साको नामले चिनिएको यो जोडी दर्शकहरूले निकै रुचाएको जोडीमा पर्छ । उनीहरू खुलेर आफ्नो प्रेमको चर्चा गर्थे । वर्षा चलचित्र क्षेत्रमा व्यस्त रहँदा संजोग भने रेस्टुरेन्ट चलाउन थालेका थिए । लामो समयदेखिको उनीहरूको प्रेम २०७५ फागुनमा विवाहमा परिणत भएको हो । वर्षालाई विवाह गर्दैछु भन्ने लागे पनि मनमा न कुनै डर थियो न त कुनै चिन्ता नै । संजोग र संजोगको परिवारसँग परिचित उनलाई घर परिवर्तन गरेजस्तो मात्र भयो । वर्षाले भनिन्–‘मलाई त एक घरबाट अर्को घरमा गएजस्तो मात्र लाग्यो, कुनै अठ्यारो महसुस भएन ।’ जब उनी दुलही बनेर जग्गेमा बसिन् तब केही नर्भस भने भइन् । चलचित्रमा दुलही बनेजस्तो चाहिँ नहुने रैछ वर्षाले अनुभव सुनाउँदै भनिन्–‘वास्तवमै विवाह गर्दैछु भन्ने कुराले केही नर्भस भने बनाउँदो रहेछ ।’ एक–अर्कामा गहिरो विश्वास भए विवाह डर नभई एक उत्सव बन्दो रहेछ । सबैले दिएको बधाई तथा शुभकामनाले भने हौसला बढाउने काम गरेको वर्षाले बताइन् । 

राष्ट्रिय दाजु–भाउजूका रूपमा चिनिएको जोडी हो–नायिका स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतको जोडी । उनीहरूको पहिलो भेट कहिले भएको हो उनीहरूलाई ठ्याक्कै थाहा छैन । कम बोल्ने बस्नेत र बोलिरहने स्वस्तिमाबीच फेसबुक कुराकानीका माध्यमबाट विवाहसम्मको यात्रा तय भएको हो । बस्नेत स्वस्तिमाको चञ्चले व्यवहारबाट निकै प्रभावित थिए । निश्चलले फेसबुकमा कुराकानी गरेकै भरमा विवाहसम्मको यात्रा तय हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । परिवारले नै कुरा अघि बढाएपछि उनीहरूबीच विवाह गर्ने सहमति जुटेको हो । बोलचाल हुन थालेको एक वर्षपछि उनीहरूले २०७२ साल फागुनमा विवाह गरे । उनीहरू आफ्नो विवाहलाई प्रेमपछिको मागी विवाह भन्छन् । विवाहअघि उनीहरूबीच घुम्न जाने तथा भेटघाट गर्ने आदि केही भएन । निश्चल त्यो समय सम्झदै भन्छन्–‘हामीबीच एक–अर्कामा आकर्षण थियो तर डेटिङ जाने र भेटघाट गर्ने वातावरण भने भएन ।’ स्वस्तिमासँग बोल्दा वा हाँस्दा भने सबै कुरा सामान्य लाग्ने निश्चललाई विवाह गर्ने कुराले भने जिम्मेवारी थपिएजस्तो भयो । विवाहको कुराले मनमा एक प्रकारको भाव आउने उनले अनुभव गरे । चञ्चले स्वभावकी स्वस्तिमालाई पनि विवाहको विषयले गम्भीर बनायो । खड्का भन्छिन्–‘विवाह गर्नु भनेको जिम्मेवार हुनुजस्तो रहेछ ।’

जागिरको सिलसिलामा बाग्लुङको एक रेडियोमा काम गर्थे गायक प्रकाश सपूत । त्यही क्रममा कलेज आउने–जाने बिन्दु उनको आँखामा परिन् । प्रकाश प्रतिदिन बिन्दुलाई हेर्न थाले । बिन्दु कलेज जाने–आउने बाटोमै थियो उनको रेडियोको जागिर । बिन्दुको हेराइले नै प्रकाशलाई प्रभावित तुल्यायो । करिब दुई वर्षसम्म नै उनले साथीका रूपमा बिन्दुलाई पछ्याए । प्रकाशले बिन्दुलाई मन पराउन थालेको दुई वर्षपछि मात्र प्रेम प्रस्ताव राखे । प्रकाशको प्रेम प्रस्ताव बिन्दुले स्वीकार गरिन् । त्यसपछि उनीहरूको प्रेम झाँगिँदै गयो । उनीहरू एक–अर्काको घरमा आउने–जाने गर्न थाले । उनीहरू दुई वर्ष प्रेममा रहे जब उनीहरूबीच विवाहको कुरा चल्यो परिवारमा सहमति जुटेन । त्यसकारण उनीहरूले २०७० साल साउनमा भागी विवाह गरे । प्रकाश भन्छन्–एक त जातीय कारण थियो भने अर्को म गाउँको, बिन्दु सहरकी । यही कारणले परिवारमा विवाहका लागि हाम्रा बुवाहरूले सहजै सहमति दिनुभएन । त्यसैले हामीले भागेर विवाह गर्‍यौं ।’ विवाहपछि उनीहरू केही समय परिवारबाहिर नै बसे । परिवारले बोलाएपछि उनीहरू बाजागाजासहित घर भित्रिए । दुई परिवारले दुई पटक नै उनीहरूको विवाह गरिदिए । आफ्नो विवाहको घटना सम्झदै प्रकाश भन्छन्–‘हाम्रो विवाह तीन पटक भएजस्तो भयो ।’

 

 Image