Successfully Copied

फेसनेबल  धीरज

धीरज मगरलाई विशेषत: युट्युबमा हेर्ने नेपालीहरू निकै छन् । उनको ड्याट टुडे ब्लग नामक युट्युब च्यानल छ, जहाँ २ सय ५० भन्दा बढी भिडियो अपलोड छन् । धीरजले १ लाख १२ हजारभन्दा बढी सब्स क्राइबरको उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियोबाटै लोकप्रियता कमाएका हुन् । त्यसमा

धीरज मगरलाई विशेषत: युट्युबमा हेर्ने नेपालीहरू निकै छन् । उनको ड्याट टुडे ब्लग नामक युट्युब च्यानल छ, जहाँ २ सय ५० भन्दा बढी भिडियो अपलोड छन् । धीरजले १ लाख १२ हजारभन्दा बढी सब्स क्राइबरको उक्त युट्युब च्यानलमा अपलोड भएका भिडियोबाटै लोकप्रियता कमाएका हुन् । त्यसमा पनि उनका महिला प्रशंसक बढी छन् । 

चलचित्रमा प्रवेश गर्नुअघि नै लोभलाग्दो क्रेज बनाएका धीरजलाई उनको फ्यान फलोइङ तथा लुक्सकै कारण इन्टु मिन्टु लन्डनमा अवसर प्राप्त भएको हो । उनको पहिरन शैली फेसन ट्रेन्ड अनुरूप मात्र छैन उनको पहिरन क्यारी गर्ने क्षमता पनि प्रशंसनीय छ । धीरज फर्मल लुक्समा कन्फिडेन्ट अनुभव गर्छन् ।

मगरका अनुसार फर्मल लुक्समा फरकपन दिएर ड्रेसअप गर्न सके स्मार्ट अनि क्लासी देखिन सकिन्छ । धीरज युवापुस्ताका ती ह्यान्डसम नायक हुन् जो फेसनको मामिलामा निकै चुँजी छन् । 

 Image