Successfully Copied

वान लेग्ड निर्मला नेपाल भ्रमणमा

इच्छा र मेहनतका बलमा उठेकी खेलाडी हुन्–निर्मला भण्डारी । उनी सहज हिँडडुल गर्न सक्दिनन् तर बास्केटबल खेल्न र गह्रौं भार उठाउन सक्छिन् किनभने उनको एउटा खुट्टा छैन । निर्मला ह्विलचियर, बास्केटबल तथा भारत्तोलनकी खेलाडी हुन् । एउटै खुट्टाका भरमा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइसकेकी छिन् ।

जीवनमा केही उपलब्धि हासिल गर्न सग्लो शरीर नै चाहिन्छ भन्ने छैन । हात, खुट्टा, आँखा वा कुनै अङ्ग खराब भए पनि मानिसले चाहेको कुरा प्राप्त गर्न सक्छन् । यसका लागि शरीर भन्दा ठूलो दृढ इच्छा र मेहनत चाहिन्छ । 

यस्तै दृढ इच्छा र मेहनतका बलमा उठेकी खेलाडी हुन्–निर्मला भण्डारी । उनी सहज हिँडडुल गर्न सक्दिनन् तर बास्केटबल खेल्न र गह्रौं भार उठाउन सक्छिन् किनभने उनको एउटा खुट्टा छैन । निर्मला ह्विलचियर, बास्केटबल तथा भारत्तोलनकी खेलाडी हुन् ।

एउटै खुट्टाका भरमा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइसकेकी छिन् । गोल्ड मेडलिस्ट भण्डारी चार पाङ्ग्रे स्कुटरमा नेपाल भ्रमणमा निस्केकी छिन् । गत महिना निस्केकी उनको भ्रमण मंसिर १४ मा पूरा हुनेछ ।  

निर्मला ‘सोलो वुमन ट्राभल च्यालेन्ज’ मा भाग लिने पहिलो फरक क्षमता भएकी महिला पनि हुन् । नयाँ–नयाँ काम गर्न रुचाउने निर्मला भन्छिन्–‘फरक क्षमता, त्यसमाथि पनि महिला भएकीले सर्वप्रथम म आफूलाई प्रमाणित गर्न चाहन्छु ।’ 

 Image