Successfully Copied

मंसिर महिनाको राशिफल   

पारिवारिक वातावरण सुखमय देखिन्छ । दाम्पत्य जीवनको प्रेम एवं समझदारी कायम रहनेछ । कामविशेषले यात्रा हुनसक्छ । आकस्मिक लाभ पनि हुुनेछ । कुुनै विशेष काममा सफलता हात पर्नेछ । आफूलाई चित्त नबुझेको कुरा खुुलस्त रूपमा व्यक्त गर्न सके सम्भावित विवाद टर्नसक्छ । कुनै

मेष

पारिवारिक वातावरण सुखमय देखिन्छ । दाम्पत्य जीवनको प्रेम एवं समझदारी कायम रहनेछ । कामविशेषले यात्रा हुुनसक्छ । आकस्मिक लाभ पनि हुुनेछ । कुुनै विशेष काममा सफलता हात पर्नेछ । आपूूmलाई चित्त नबुुझेको कुरा खुुलस्त रूपमा व्यक्त गर्न सके सम्भावित विवाद टर्नसक्छ । कुुनै कुुराले मनमा तनाव उत्पन्न हुुँदा आफ्नो जोडीले सुुझाएको राम्रो कुरा पनि नकारात्मक लाग्नेछ । 

वृष    

१८ गतेसम्मको समय शुुभ छ । कुुनै बहुप्रतीक्षित कार्यमा सफलता हात पर्नेछ । दाम्पत्य जीवनको प्रेम एवं समझदारी कायमै रहनेछ । पेटमा गडबडी सिर्जना हुुने योग देखिन्छ । व्यावसायिक क्षेत्रमा उतारचढाव देखापर्नसक्छ । कुुनै कुुरामा लगानी गर्न महिनाको पूूर्वाद्र्ध फलदायी रहनेछ । विद्यार्थीहरूले प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त गर्नेछन् । 

मिथुन

काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मानसिक तनाव एवं दबाब हट्दा मन हल्का हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । महिनाको पूर्वाद्र्धमा केही बेफुुर्सदिलो भए पनि उत्तराद्र्ध अनुुकूूल नै रहनेछ । छोराछोरीले पनि आफ्नो भावनानुरूप काम गर्ने प्रयत्न गर्नेछन् । योजनानुरूप सबै काम सफल हुुँदै जानेछन् । रिस गर्ने व्यक्तिहरू पनि प्रशंसा गर्न थाल्नेछन् । 

कर्कट        

पारिवारिक वातावरण सुखमय रहनेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । आर्थिक क्षेत्र सुखद् देखिन्छ । पारिवारिक खुसीका निम्ति कुुनै कुरामा सम्झौता गर्नुुपर्ने हुनुका साथै केही रकम खर्चसमेत  होला । सकारात्मक सोचका साथ काम गर्दा सबै काम सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । साथीसंगीहरूसित रमाइलो भेटघाट पनि होला । नयाँ साथी बनाउने मौका जुट्नसक्छ । 

सिंह

आत्मविश्वास बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । रोकिएका कामहरू पूरा हुँदै जानेछन् । आफ्नो इच्छानुसार समय यापन गर्न पाउँदा मन प्रसन्न हुनेछ । झिनामसिना कुराले तनाव सिर्जना गर्न सक्ने भएकाले आफूमा भएको दृढविश्वास कायम राख्नु जरूरी देखिन्छ । कहिलेकाहीँ आफ्नो जोडीसित वैचारिक मतभेद भए पनि माया–प्रीति भने यथावत् रहनेछ । 

]

कन्या

अपेक्षाअनुरूप सबै काममा सफलता मिल्दै जानेछ । व्यक्तिगत वा कुनै कामविशेषले यात्रा हुुनसक्छ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । कुुनै कार्यमा विशेष सफलता मिल्नेछ भने कुुनै नयाँ काम गर्ने अवसर जुट्नसक्छ । पारिवारिक सुुख एवं सहयोग प्राप्त होला । काम गर्दा सानोतिनो चोटपटक लाग्न सक्ने भएकाले चनाखो रहनुपर्नेछ । 

तुला

परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । अनावश्यक खर्च हुुनसक्ने भएकाले सामान किन्नुुपूर्व राम्रोसँग विचार गर्नुुहोला । काममा धोका हुनसक्छ । कुनै कुराले मनमा नकारात्मक भावना पैदा गर्नेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । 

वृश्चिक    

पारिवारिक वातावरण सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । काम गर्दा केही दौडधूूप गर्नुपरे पनि सबै काम एकपछि अर्को गर्दै पूूरा हुँदै जानेछन् । कामका साथै आफ्नो स्वास्थ्य एवं खानपानका लागि पनि केही समय छुुट्याउनुुपर्नेछ । पेट एवं मुुटुका बिरामीहरूले स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनुुहोला । कुुनै पनि कार्य हतारमा नगर्नुुहोला । 

धनु        

आर्थिक पक्ष सुदृढ रहनुका साथै प्राय: सबै काम आफ्नै निगरानीमा सम्पन्न हुुनेछन् । दाम्पत्य जीवनको प्रेम एवं समझदारी कायमै रहनेछ । छोराछोरीले आफ्नो मनसाय बुझी काम गर्ने प्रयास गर्नेछन् । तपाईंको इमान्दारिता एवं कार्यदक्षताका अगाडि प्रतिस्पर्धीहरू नतमस्तक हुुनेछन् । कसैले तपाईंको पारिवारिक कुुरालाई लिएर कान भर्न सक्छन्, सतर्क रही अघि बढ्नुहोला । 

मकर 

कुनै बहुप्रतीक्षित कार्यमा सफलता हात पर्नेछ । कामविशेषले यात्रा पनि गर्नुुपर्ला । योजनानुुरूप सबै कार्य एकपछि अर्को गर्दै सम्पन्न हुुँदै जानेछन् । तपाईंको वाकपटुुता एवं कार्यदक्षताको प्रशंसा हुनेछ । परिवार, माइती, मावली सबैले आ–आफ्नो गच्छेअनुुसार सहयोग गर्नेछन् । दाम्पत्य जीवनमा सुखद् रहनेछ । सन्तानबाट सुुख एवं सन्तोष मिल्नेछ । 

कुम्भ

शैक्षिक, पारिवारिक, सामाजिक एवं न्यायिक क्षेत्रमा विशेष सफलता मिल्नेछ । कुुनै कारणले रोकिएको कामले पनि गति लिन थाल्नेछ । कहिलेकाहीँ काम गर्दागर्दै अल्छी लागे पनि कर्तव्य तथा जिम्मेवारीबोधले गर्दा फेरि जाँगर पलाउनेछ । अनपेक्षित विवाद एवं अपजस आइलाग्नसक्ने भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुहोला । काम गर्दा सानातिना बाधा आइहाले पनि पारिवारिक सहयोग पाइनेछ । 

मीन

श्रीमान्बाट तपाईंको सुख–दु:खको यथासम्भव ख्याल गरिनेछ । कतैबाट कुुनै कुुराको लाभ हुुनसक्छ भने कुनै कुुराले मनलाई खुुसी तुल्याउनेछ । कहिलेकाहीँ पारिवारिक सुुखका निम्ति सम्झौता पनि गर्नुुपर्ला । आर्थिक एवं व्यावसायिक क्षेत्र सफल रहनेछन् । सानातिना रुकावट आइलागे पनि तपाईंमा भएको वाकपटुुता एवं समझदारीले गर्दा समस्या स्वत: समाधान हुनेछ । 

 

 Image