अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।
समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका युवाहरूले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले एक्सन फर नेसन नेपाल नामक संस्था गठन गरेर महिलाहरूको आत्मरक्षा अभियान सुरु गरेका छन् ।
संस्थाले सुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिने बताइएको छ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्वादो खेलाडी एवं पर्यटन वर्ष–२०२० का अमेरिकाका लागि पर्यटनदूत प्रकाश थापाको अध्यक्षतामा यो संस्था गठन भएको हो ।