‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका युवाहरूले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले एक्सन फर नेसन नेपाल नामक संस्था गठन गरेर महिलाहरूको आत्मरक्षा अभियान सुरु गरेका छन् ।
संस्थाले सुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिने बताइएको छ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्वादो खेलाडी एवं पर्यटन वर्ष–२०२० का अमेरिकाका लागि पर्यटनदूत प्रकाश थापाको अध्यक्षतामा यो संस्था गठन भएको हो ।