पछिल्लो समय ‘सर्ट मुभी’को ‘क्रेज’ बढ्दो
म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे ।

विवाहिता महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेज इन्टरनेसनलको १३ औं संस्करणका नेपाली सहभागी स्नेहालता राउत थापा तथा संगीता न्यौपानेले विधागत एवार्डहरू जितेका छन् । मिसेज विधामा प्रतिस्पर्धा गरेकी स्नेहालताले प्रतियोगितामा मिसेज इन्टरनेसनल टुरिज्म एम्बेसडर तथा सुपरमोडलको एवार्ड जितेकी छिन् भने एमएस विधामा सहभागिता जनाएकी संगीताले मिसेज इन्टरनेसनल एलिगेन्स ब्युटी एवार्ड हात पारेकी छिन् ।
प्रतियोगितामा सहभागी भएकी स्नेहालता रिबन इन्टरटेनमेन्टले संचालन गरेको मिसेज नेपाल इन्टरनेसनल–२०१९ की सेकेन्ड रनर्सअप हुन् भने संगीता दक्ष इन्टरनेसनलले संचालन गरेको मिसेज ब्युटिफुल नेपाल–२०१९ की विजेता हुन् । सिंगापुर, मलेसिया तथा इन्डोनिसियाका विभिन्न स्थानमा प्रतियोगिताका विभिन्न गतिविधि संचालन हुँदै टिकेएस मिसेज इन्टरनेसनल–२०१९ को अन्तिम प्रतिस्पर्धा गत कार्तिक २२ गते सिंगापुरस्थित अर्किड कन्ट्री क्लबमा सम्पन्न भएको थियो ।