Successfully Copied

डिप्रेसन रोकथाम गर्न सकिन्छ

डिप्रेसन भएका व्यक्ति प्राय: असहाय स्थितिमा फस्छन् । म केही गर्न सक्दिन, मेरो जीवन व्यर्थ छ भन्ने भावना मनमा आउन दिनु हुँदैन । त्यसैगरी सानो तथा आफूले पूरा गर्न सक्ने लक्ष्य राख्नुपर्छ । यसले गर्दा बिस्तारै आफ्नो मनोबल बढ्दै जान्छ । मनोबल बढाउँदै लान आफूमा केही गर्छु

मनोचिकित्सक डिप्रेसन के हो ?

डिप्रेसन एक प्रकारको रोग हो । केही समयका लागि हीन अथवा कम मनोबल भएको महसुस गर्नु सामान्य कुरा हो तर यस्तो भावना लामो समयसम्म कायम रहँदा तथा कुनै कुरामा पनि रुचि नराख्दा मानिस डिप्रेसनको सिकार हुन्छ । 

किशोरावस्थामा हुने डिप्रेसनको कारण के हो ?

अहिलेको व्यस्त समय तथा त्यससँगै आउने विभिन्न समस्याले मानिसमा डिप्रेसन बढ्दो छ जसबाट किशोर–किशोरीदेखि वृद्धवृद्धासम्म कोही अछुतो छैनन् । अझ किशोरावस्थामा त अञ्जानमै डिप्रेसनको सिकार हुनेहरू प्रशस्तै पाइन्छन् । अहिले यो रोग चारैतिर फैलिएको पाइन्छ । विश्वमा हरेक दिन पाँच जना डिप्रेसनमा परेको पाइन्छ । बढ्दो आधुनिकता, भागदौड तथा प्रतिस्पर्धाले भरिएको जीवनले गर्दा डिप्रेसन बढ्दो छ । किशोरावस्थाका केटीमा भन्दा केटामा डिप्रेसनका घटना बढी पाइन्छन् भने १५ वर्षसम्मका किशोरको तुलनामा किशोरीहरूलाई दुई गुणा बढी डिप्रेसन हुने सम्भावना हुन्छ । अहिलेको समयमा तनाव, सामाजिक एवं पारिवारिक कारणले गर्दा पनि डिप्रेसनको घटना बढ्दो क्रममा छ । डिप्रेसनलाई भावनात्मक बिरामी पनि भन्न सकिन्छ । चिकित्सकको सल्लाह तथा निर्देशनमा यो रोग ठीक हुनसक्छ । 

डिप्रेसन मुख्यतया कसलाई हुन्छ ?

डिप्रेसनका लागि यही नै एउटा प्रमुख कारण हो भन्ने हुँदैन् । यसमा हरेक प्रकारका बाहिरी तथा भित्री कारणले विशेष प्रभाव पारेका हुन्छन् । मस्तिष्कमा रासायनिक असन्तुलनले गर्दा किशोर–किशोरीहरू डिप्रेसनमा पर्छन् । आनुवांशिक, मनोवैज्ञानिक एवं सामाजिक कारणहरूले गर्दा मानिस डिप्रेसनमा पर्छन् । 

आनुवांशिक कारण भन्नाले कसरी बुझ्न सकिन्छ ?

परिवारका कुनै सदस्यमा यो रोग छ भने त्यसको असर बालबालिकामा पनि पर्छ । त्यसमा पनि जुम्ल्याहा बालबालिकामा बढी मात्रामा हुने सम्भावना हुन्छ ।

डिप्रेसन चिन्ने उपाय के होला ?

व्यक्तिअनुसार हरेकमा फरक–फरक लक्षण देखापर्न सक्छ । हाम्रो सन्दर्भमा शारीरिक लक्षणभन्दा भावनात्मक लक्षणलाई बढी मान्यता दिइएको पाइन्छ । डिप्रेसनको लक्षण प्राय: थकान, शरीर दुख्ने, केही गर्न जाँगर नचल्ने, झर्को लाग्ने आदि हुन्छ । 

डिप्रेसनबाट कसरी आफूलाई सम्हाल्ने ?

सबैभन्दा राम्रो आफैलाई नियन्त्रणमा राख्ने । सकेसम्म एक्लै नबस्ने । काममा आफूलाई सक्रिय गराउने । त्यसैगरी यो समस्या एक दिनमा ठीक हुन्छ भन्ने सोच्नु हुँदैन । यो समस्याविरुद्ध लड्न सकिन्छ । यो उपचार गर्न सकिने समस्या भएकाले यसमा फसेका व्यक्तिले हिम्मत गरेर मुक्ति प्राप्त गर्न सक्छन् । 

यसका समाधानका विधि के–के हुनसक्छन् ?

डिप्रेसन भएका व्यक्ति प्राय: असहाय स्थितिमा फस्छन् । म केही गर्न सक्दिन, मेरो जीवन व्यर्थ छ भन्ने भावना मनमा आउन दिनु हुँदैन । त्यसैगरी सानो तथा आफूले पूरा गर्न सक्ने लक्ष्य राख्नुपर्छ । यसले गर्दा बिस्तारै आफ्नो मनोबल बढ्दै जान्छ । मनोबल बढाउँदै लान आफूमा केही गर्छु भन्ने भावनाको विकास गर्न सक्नुपर्छ । 

औषधि : डिप्रेसनमा परेका मानिसले मानिसहरूसँग घुलमिल मात्र नगरेर चिकित्सकको सहयोगमा औषधि पनि सेवन गर्नुपर्छ । समय–समयमा चिकित्सकसँग भेट्ने र दिइएको औषधि निश्चित समय र मात्रामा खाने । औषधिको सेवन नियमित रूपमा गर्ने र त्यसको असर छिटो भएन भनेर आत्तिने काम पनि नगर्ने किनभने औषधिले विस्तारै असर गर्छ । 

मनोचिकित्सा : मनोचिकित्ससँग पनि सल्लाह लिनुपर्ने हुन्छ । मनोचिकित्सकसँग डिप्रेसनका बारेमा सरसल्लाह गर्नु फाइदाजनक हुन्छ ।

 

 Image