Successfully Copied

धेरै खुसी हुनु पनि मुटुका लागि खतरा 

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ शिशुको जन्म, काममा प्रमोसन आदिमा मानिसहरू खुसी हुन्छन् र यस्तो अवस्थामा मुटुसम्बन्धी समस्या देखापर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । यो समस्यालाई हेप्पी हार्ट सिन्ड्रोम भनिएको छ ।

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ शिशुको जन्म, काममा प्रमोसन आदिमा मानिसहरू खुसी हुन्छन् र यस्तो अवस्थामा मुटुसम्बन्धी समस्या देखापर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । यो समस्यालाई हेप्पी हार्ट सिन्ड्रोम भनिएको छ ।

खुसी हुनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अति धेरै खुसी हुनु मुटुका लागि खतरा हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ शिशुको जन्म, काममा प्रमोसन आदिमा मानिसहरू खुसी हुन्छन् र यस्तो अवस्थामा मुटुसम्बन्धी समस्या देखापर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । यो समस्यालाई हेप्पी हार्ट सिन्ड्रोम भनिएको छ । परिवारको सदस्य गुमाएको जस्तो दु:खद् पलले शरीरमा ब्रोकन हर्ट सिन्ड्रोम निम्त्याउँछ जसले हर्ट एट्याक भै मृत्युको मुखमा पुर्‍याउन सक्छ । ब्रोकन हर्ट सिन्ड्रोमजस्तै हेप्पी हर्ट सिन्ड्रोम पनि घातक हुन सक्ने विज्ञहरूको धारणा छ । युनिभर्सिटी हस्पिटल जुरिचका डा. जेलेना घाड्री तथा सहकर्मीहरूको अध्ययनमा उक्त कुरा पत्ता लागेको हो । अध्ययनका क्रममा धेरैजसो मुटुका केस डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो भने २० प्रतिशत मुटुको समस्या बर्थडे पार्टी, विवाह, शिशुको जन्मदिन आदिमा बढी खुसी भएकाले सिर्जना भएको पाइयो । 

तिल 

तिलको प्रयोग धेरै नेपालीले गर्छन् । कालो तिल पूजाआजामा प्रयोग गरिन्छ भने सेतो तथा खैरो तिल अचारमा प्रयोग गरिन्छ । डाइटिसियन सुशीला शर्माका अनुसार तिलले कोलस्ट्रेरोल घटाउन मद्दत गर्छ । यसमा भिटामिन इ तथा राम्रो चिल्लो पदार्थ हुन्छ । क्याल्सियम बढी हुने तिलले पाचनरस निकाल्न सहयोग पुर्‍याउँछ । घुँडाको आर्थराइटिस भएकाहरूले दैनिक ६० ग्राम तिल खानु लाभदायक हुन्छ । 

मुटुमैत्री म्यांगो सेक 

अमेरिकास्थित नेसनल हर्ट लङ्स एन्ड ब्लड इन्स्टिच्युटले मुटुका लागि म्यांगो सेकको रेसिपी प्रस्तुत गरेको छ । इन्स्टिच्युटका अनुसार चिल्लो कम भएको दुई कप दूध, एउटा पाकेको आँप, केरा तथा दुई टुक्रा आइसलाई मिक्सरमा राखेर ब्लेन्ड गरी म्यांगो सेक तयार गर्न सकिन्छ । विज्ञहरूका अनुसार यस्तो म्यांगो सेकमा ग्लुकोज भएकाले शरीरलाई तुरुन्त ऊर्जा प्राप्त हुन्छ । यसमा चिनी नहाली सेवन गर्नुपर्छ । चिनी नभएको एक गिलास म्यांगो सेकमा १ सय ७० क्यालोरी हुन्छ भने चिनी हालेर तयार पारिएको म्यांगो सेकमा २ सय ४० क्यालोरी हुन्छ । एक गिलास म्यांगो सेकमा करिब १६ दशमलव ५ ग्राम कार्बोहाइड्रेड, ८ दशमलव ६ ग्राम 

फ्याट, ७ ग्राम प्रोटिन तथा ७ दशमलव ८ ग्राम बोसो पाइन्छ । 

 Image