मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले नेपाल तथा अफ्रिकाको चलचित्र संस्कृति आदान–प्रदानका लागि हरेक वर्ष ‘नेपाल–अफ्रिका चलचित्र महोत्सव’ को आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेस्रो साता सातौं संस्करणको ‘नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१९’ हुने भएको छ ।
सांस्कृतिक संस्थान जमलको सहकार्यमा यो महोत्सव यसपटक यही कात्तिक १६ अर्थात आजबाट १८ गतेसम्म तीन दिन जमलस्थित राष्ट्रिय नाचघरमा सञ्चालन हुनेछ । यो स्वदेशी तथा अफ्रिकी चलचित्र प्रदर्शन गरिने दक्षिण एसियाकै पहिलो चलचित्र महोत्सव हो । यो अफ्रिकालाई उनीहरूकै लेन्सबाट उनीहरूको चलचित्रमार्फत हेर्ने एउटा अवसर भएको कलेजकी प्रिन्सिपल मञ्जु मिश्रले बताएकी छिन् ।
मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिकाका गरी २५ वटा लामा तथा छोटा चलचित्र, वृत्तचित्र एवम् कार्टुन चलचित्र चयन गरिएको छ । यसपटक अफ्रिकाका नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्ट/नर्वे/जर्मनी तथा बेलायतका चलचित्र महोत्सवमा सहभागी छन् ।