Successfully Copied

मिस नेपाल युरोप 

आगामी जनवरीमा बेल्जियमको ब्रसेल्समा मिस नेपाल युरोप प्रतियोगिता आयोजना हुने भएको छ । ड्रिम्स नेपालले मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरसँग आधिकारिक सम्झौता गरेर उक्त प्रतियोगिता युरोपमा आयोजना गर्न लागेको हो ।

मिस नेपाल युरोप आयोजना गर्न ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारबीच काठमाडौंमा सम्झौता भएको हो । उक्त सम्झौताअनुसार मिस युरोपको उपाधि जित्ने सुन्दरीले मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउनेछिन् । उक्त प्रतियोगितामा सहभागी हुन चाहने युवतीका लागि मिस नेपालले तोकेको मापदण्ड लागू हुने अध्यक्ष थापाले जानकारी दिइन् ।

थापाका अनुसार उक्त प्रतियोगिताका लागि फ्रान्सलगायत केही देशमा अडिसन सम्पन्न भैसकेको छ । युरोपका विभिन्न राष्ट्रमा करिअर बनाउन संघर्षरत युवतीहरूलाई लक्षित गरेर आयोजना हुन लागेको यो प्रतियोगिताको उपाधि जित्ने युवती नेपाल भ्रमण वर्ष–२०२० को सद्भावना राजदूतसमेत नियुक्त हुने छिन् ।

 Image