Successfully Copied

दीपाश्रीको बाचा

दीपाश्री निरौलाले लामो समयदेखि चलचित्रमा अभिनय गरेकी छैनन् । चलचित्र छ माया छपक्कैमा उनलाई दर्शकले देख्न पाएनन् । यो चलचित्रमा उनले प्राविधिक सल्लाहकारको भूमिका निर्वाह गरिन् । उनले आगामी चलचित्रमा भनेजस्तो भयो भने अभिनय गर्ने बाचा गरेकी छिन् ।

दीपाश्री निरौलाले लामो समयदेखि चलचित्रमा अभिनय गरेकी छैनन् । चलचित्र छ माया छपक्कैमा उनलाई दर्शकले देख्न पाएनन् । यो चलचित्रमा उनले प्राविधिक सल्लाहकारको भूमिका निर्वाह गरिन् । अहिले उनको शारीरिक बनावटमा आएको परिवर्तनका कारण चलचित्रमा अभिनय गर्ने अवसर गुमेको त होइन भन्दा दीपा त्यसलाई ठाडै अस्वीकार गर्छिन् ।

‘त्यो कारण त होइन । चाहे भने तुरुन्त घट्न सक्छु । शरीर सुहाउँदो खालको भूमिका निर्वाह गर्नुपर्छ’ उनले भनिन् । दीपाको तौल ७८ केजी पुगेको छ । चलचित्रमा अभिनय गर्नुपर्ने भयो भने तौल घटाएर ६० केजीसम्म पुर्‍याउने उनको दाबी छ । अहिले चलचित्रमा अभिनय नगरेकोमा खिन्नता महसुस हुन थालेको उनले स्वीकार गरिन् ।

मैले पर्दाबाट टेक्निकल पार्टतर्फ जम्प मारे । टेक्निकल पार्टमा काम गर्नुको मज्जा अर्कै छ, तर दर्शकहरूले मलाई छ माया छपक्कैमा मिस गर्नुभयो । दर्शकले एक झलक मात्र तपाईंलाई देख्न पाएको भए हुन्थ्यो भन्नुभयो । यसले मलाई पनि नरमाइलो लाग्यो । अब म अर्को चलचित्रमा सुहाउँदो भूमिका भयो भने अवश्य अभिनय गर्छु– दीपाले भनिन् । 

 Image