रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

रंगोलीको इतिहास
प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । यसको अर्थ भने लेप लगाउनु हो । प्राचीन कालमा घरमा लेप लगाउँदा धनधान्यले भरिपूर्ण भइन्छ भन्ने विश्वास थियो । त्यसैले पनि विभिन्न उत्सव तथा तिहारमा रंगोली बनाइन्छ । रंगोलीले जीवनमा सुख–शान्ति तथा समृद्धि प्रदान गर्छ भन्ने जनविश्वास छ ।
कसरी बनाउने रंंगोली ?
रंगोली घरमा भएका सामग्रीहरूबाट सहज रूपमा तयार गर्न सकिन्छ ।
चामल वा मैदाको पिठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ ।
रंगोलीलाई सयपत्रीले सजाउनुपर्छ । यसको बीच वा कुनामा दियो बाल्दा अझ राम्रो देखिन्छ ।
यसमा रातो, पहेंलो, हरियो आदि रंगको चामल मिश्रण गरी आफूले चाहेको डिजाइन तयार गर्न सकिन्छ भने गहुँको पिठोमा पनि रंग मिश्रण गर्न सकिन्छ ।
रंगोलीका फाइदा
रंगोलीले मानसिक तनाव कम गर्नुका साथै सकारात्मक ऊर्जा प्रदान गर्छ ।
रंगोली बनाउँदा हातका औंला तथा दिमाग एकसाथ चल्ने हुँदा मस्तिष्क सक्रिय हुन्छ ।
रंगोली स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ, यसले उच्च रक्तचापबाट जोगाउँछ ।
फूल तथा रंग प्रयोग हुने भएकाले घरको वातावरण पनि ऊर्जाशील हुन्छ ।
रंगोली निर्माणले कलाप्रतिको प्रेम दर्शाउँछ
के हो रंगोली ?
रंगोली हिन्दू संस्कृतिमा चलिआएको प्राचीन परम्परा तथा लोक कला हो । रंगोली विशेषगरी विभिन्न शुभकार्यमा बनाइन्छ । रंगोली देवी–देवताहरूका आकृतिमा तयार गर्ने परम्परा छ । रंगोलीको निर्माणमा चामल, सिन्दूर, बेसार, पिठो आदि प्रयोग गरिन्छ । रंगोली ठाउँअनुसार सानो–ठूलो बनाउन सकिन्छ ।