Successfully Copied

स्कार्सविरुद्ध टाटु

सुन्दर हुन सबैलाई मन लाग्छ तर विभिन्न घटना–दुर्घटना वा जन्मजात नै कतिपयको शरीरमा दाग एवं घाउ हुन्छन् । यस्तै दाग–घाउका कारण सहज रूपमा हिँडडुल गर्न कतिपयलाई अप्ठ्यारो लाग्छ । यसरी चिन्तित हुनेहरूको मुहारमा खुसी ल्याउन गत महिना पोखरामा तीनदिने ब्युटिफुल स्कार्स कभर अप टाटु इभेन्ट

सुन्दर हुन सबैलाई मन लाग्छ तर विभिन्न घटना–दुर्घटना वा जन्मजात नै कतिपयको शरीरमा दाग एवं घाउ हुन्छन् । यस्तै दाग–घाउका कारण सहज रूपमा हिँडडुल गर्न कतिपयलाई अप्ठ्यारो लाग्छ । यसरी चिन्तित हुनेहरूको मुहारमा खुसी ल्याउन गत महिना पोखरामा तीनदिने ब्युटिफुल स्कार्स कभर अप टाटु इभेन्ट सम्पन्न गरिएको छ । रुतिष टाटु एन्ड पिइरसिङद्वारा आयोजित यो कार्यक्रम नि:शुल्क थियो । 

उक्त इभेन्टमा काटेका घाउ, दाग एवं दुर्घटनाबाट खत बसेको, पोलेको आदि समस्याबाट शरीरका हात, खुट्टा, अनुहार आदि स्कार्स भएकाहरू पुगेका थिए । स्कार्स भएको ठाउँलाई आकर्षक टाटुले छोप्दै स्मार्ट देखिन पाउँदा सबै उत्साहित पनि देखिन्थे । 

त्यसका लागि पोखरा, काठमाडौं तथा बनेपाका ६ जना टाटु आर्टिस्ट खटिएका थिए । समाजमा टाटु खोपाउनेहरूप्रतिको सोच परिवर्तन गर्नु समेत यो इभेन्टको उद्देश्य थियो । उक्त अवसरमा १८ वर्षमाथिका सहभागीहरूमध्ये २० देखि ३० वर्षका युवा–युवतीकोबाहुल्यता थियो ।

 

 Image