एमएस नेपाल इन्टरनेसनल भइन्–डा. रंगीना 

नारी संवाददाता

कार्तिक ३, २०७६

 

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकाङबम शाहले जितेकी छिन् । गत महिना नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. शाहले उक्त उपाधि हात पारेकी हुन् ।

डा. लाइकाङबमले अब यही अक्टुबरमा सिंगापुरमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको विवाहितप्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ब्लुक्रस अस्पतालमा कार्यरत डा. रंगीना स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×