बगान चलचित्र मेरो जीवनमा शतप्रतिशत मेल खान्छ -करिश्मा मानन्धर
बगानमा सृष्टिकर्ता मानिने समाजको महत्वपूर्ण पात्र ‘आमा’ को भूमिका निर्वाह गरेकी छु । निक्कै मेहनतका साथ पात्रमा अत्यन्त डुबेर काम गरेकी छु ।
धादिङकी ११ वर्षीया गायिका कमला घिमिरे लोकदोहोरी गीत गाएर चर्चामा छिन् । कमलाले लोकदोहोरी क्षेत्रका कलाकारहरूसँग प्रत्यक्ष दोहोरी खेलेर सबैलाई प्रभावित तुल्याएकी हुन् । कमलाले गाएको लाइभ दोहोरी अहिले युट्युबमा भाइरल भैरहेको छ ।
उनको लाइभ दोहोरीको भिडियो लाखौं पटक हेरिएको छ । कमलाले कृष्ण कँडेलले सञ्चालन गर्ने लोकदोहोरी गीतको कार्यक्रम ‘इन्द्रेणी’ मा उनले राजु परियार, टीका सानु, रविन लामिछाने आदि गायक–गायिकासँग लाइभ दोहोरी गाएकी थिइन् । कमलाको चर्चा चलिरहँदा पाँच वर्षीया बालगायिका विशेषता पराजुलीले पहिलो पटक दसैं गीत गाएकी छिन् ।
‘रातो टीका जमरा...’ शीर्षकको उक्त गीतमा यी बालगायिकालाई गायकहरू विश्वास पराजुली, माधव पराजुली तथा गायिका अर्चना स्याङ्तानले साथ दिएका छन् । यी दुई बाल गायिकासँगै ६ वर्षीया रबिना बसेल पनि आफ्नो पहिलो बालगीतसहित दर्शक तथा श्रोतामाझ आएकी छिन् । गीतकार अम्बिका गुरुङको शब्दको ‘हात्ती दाइ हात्ती दाइ’ शीर्षकको बाल गीत गाउँदै रबिना सांगीतिक क्षेत्रमा आएकी हुन् ।