Successfully Copied

टीका लगाउन जाँदा 

अरूबेला भन्दा फरक र आकर्षक समेत देखिन चाहने हुँदा यति बेला आफ्नो च्वाइस र फिगरअनुसार पहिरन लगाउनुपर्छ । यतिबेला साडीका साथै कुर्ता, लेहेंगा नै धेरैको रोजाइमा पर्छ । आफ्नो घरको टीकामा साडी लगाइने हुँदा साडी सजिलो तरिकाले लगाउन मिल्ने गरी फिक्स साडी तयार गराउन सकिन्छ ।

उमा नेमकूल

फेसन डिजाइनर, काव्य बुटिक, पाटनढोका 

महिलाहरूका लागि

अरूबेला भन्दा फरक र आकर्षक समेत देखिन चाहने हुँदा यति बेला आफ्नो च्वाइस र फिगरअनुसार पहिरन लगाउनुपर्छ । यतिबेला साडीका साथै कुर्ता, लेहेंगा नै धेरैको रोजाइमा पर्छ । आफ्नो घरको टीकामा साडी लगाइने हुँदा साडी सजिलो तरिकाले लगाउन मिल्ने गरी फिक्स साडी तयार गराउन सकिन्छ । अहिले जर्जेट तथा सिल्कका प्रिन्टेट साडी फेसनमा छन् । फेसनमा सदाबहार साडीमा ह्यान्ड वर्क, प्याच वर्क, ह्यान्ड प्रिन्ट, सिल्क, साटन, जर्जेट, नेट आदि भेराइटी उपलब्ध हुन्छन् । ब्याक जिपर, साइड जिपर, फ्लेयर स्लिड, बोट नेक आदि डिजाइन गरी हल्का भरेका ब्लाउज राम्रा देखिन्छन् । इम्ब्रोइडरी नरुचाउनेहरूका लागि प्रिन्ट सिल्कका ब्लाउज पनि आकर्षक मानिन्छन् । 

कुर्ता लगाउने हो भने हाई लो हेमलाइन फ्लोरल कुर्तामा प्लाजो उपयुक्त हुन्छ । ए लाइन फ्लोरल प्रिन्ट कुर्तालाई बोनेक डिजाइनको बनाउँदा पनि युनिक देखिन्छ । स्ट्रेट कट भएका कुर्ताहरू पाइन्ट स्टाइलका सुरुवाल तथा एंकल लेन्थको पाइन्ट पनि राम्रो देखिन्छ । ठूल्ठूला फ्लोरल प्रिन्टमा मिक्स कलरका कुर्तीलाई स्ट्रेट डिजाइनमा साइड कट, फ्रन्ट कट, ब्याक कट, प्लेन पाइपिङ, साइडमा प्लेन फेब्रिक आदि गरी डिजाइन गराउन सकिन्छ । 

रसिल्क, कटन सिल्क, लाइक्रामा तयार पारिएको डिजाइनर स्ट्रेट लाइनका कुर्ती टीका लगाउन जाँदा उपयुक्त हुन्छन् । यसलाई प्लाजो, एंकल लेन्थ पाइन्ट वा जिन्ससँग लगाउँदा अझ आकर्षक देखिन्छ । त्यस्तै लेहेंगा चोलीमा पनि टीका लगाउन जान सकिन्छ । यसपटक वेस्टर्न टच दिएर गाउन लुक्स जस्तो देखिने थ्री पिस लेहेंगा पनि चल्तीमा छ । चोलीमा नेक तथा ब्याक ओपन गरिएका थ्रेड वर्क, ग्लिटरी भएका क्लासी फेब्रिकमा बनेका वेस्टर्न लेहेंगाहरू लगाउन सकिन्छ जसलाई लाइट पिंक, सी ग्रिन, पिच, ग्रेमा पिंक आदिमा डिजाइन गराउन सकिन्छ । टिनएजरहरूका लागि अनारकल्ली जमसुटमा वर्क गरेको डिजाइन पनि युनिक तथा स्टाइलिस्ट देखिन्छ । दसैंमा कालो र सेतोबाहेक जस्तो कलरमा पनि डिजाइनर वेयर लगाउँदा इलिगेन्ट देखिन्छ ।

 

 Image