‘कुमारी’ महिलाको अस्तित्व र समाजको दोहोरो चरित्रमाथि प्रश्न हो ।
महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई ‘कुमारी’ चलचित्रले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनीक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा भावनाले गायक डेबिड शंकरसँग सह-गायन गरेकी छिन् ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् ।
नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।
गीतको म्यूजिक भिडियो :