Successfully Copied

कसरी रोक्ने मिसावट ?

‘अब बारीमा फलाउने जमाना गयो, गाडी र स्कुटरका डिक्कीमा प्लास्टिकका झोला भरी फलफूल, तरकारीदेखि खाद्यान्न घर भित्राइन्छ, ६५ वर्षीया सुलक्षण देवी पौडेल भन्छिन्–‘सहरमा त अझ शतप्रतिशत यही चलन छ ।’ दैनिक उपभोग्य सामग्रीलगायत फलफूलमा हुने मिसावटका कारण लाखौंको स्वास्थ्य बिग्रिसकेको र त्यसैका कारण ठूलो

‘अब बारीमा फलाउने जमाना गयो, गाडी र स्कुटरका डिक्कीमा प्लास्टिकका झोला भरी फलफूल, तरकारीदेखि खाद्यान्न घर भित्राइन्छ, ६५ वर्षीया सुलक्षण देवी पौडेल भन्छिन्–‘सहरमा त अझ शतप्रतिशत यही चलन छ ।’ दैनिक उपभोग्य सामग्रीलगायत फलफूलमा हुने मिसावटका कारण लाखौंको स्वास्थ्य बिग्रिसकेको र त्यसैका कारण ठूलो जनसंख्याको ज्यान जोखिममा परिरहेको विश्व स्वास्थ्य संगठनको शोधले बताउँछ । अहिले हामी उपभोक्ताहरूले पनि शरीर र स्वास्थ्यका लागि भन्दा पनि खाने वस्तु तथा सामग्री खरिदका क्रममा आँखालाई निर्णय बनाउने कुरा बताउँदै पोषणविद् सुवर्णप्रभा गुरागार्इं भन्छिन्–‘देख्दा टिलिक्क टल्किने, सफा र कलरफुल सामग्रीतर्फ सबैको ध्यान खिचिन्छ तर वास्तवमा तिनै सामग्रीमा बढी मिसावट हुन्छ ।’ गुरागाईंका अनुसार विशेषत: गेडागुडी, मिठाईं, परबल, लिची, खरबुजा आदि खाद्यान्न, फलफूल एवं तरकारी विभिन्न अखाद्य रंग मिसाएर आकर्षक तुल्याइएका हुन्छन् । जसका कारण ग्राहकहरूलाई तत्काल आकर्षित गर्ने व्यापारीहरूको मनसाय हुन्छ । खाद्य प्राविधिक भारती अधिकारी यस्ता अखाद्य पदार्थको मिसावटले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरा बताउँदै भन्छिन्–यी हाम्रा शरीर र स्वास्थ्यका लागि निकै हानिकारक छन् । यी विषादी नै त होइनन् र पनि विषादीभन्दा कम छैनन् । यिनले दीर्घकालीन रूपमा हाम्रो शरीर, मस्तिष्क एवं स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्छन् तसर्थ बेलैमा सजग हुनु तथा सचेतता अपनाउनु जरुरी छ ।’ 

नेपाली खाद्य बजारमा हुन सक्ने मिसावट

चामल : बियाँ, कनिका, ढुंगाका साथै उच्च जातको चामलमा निम्न जातको चामल मिसाउनु ।

तरल दूध : पानी थप्नु, दूधमा रहेको चिल्लो पदार्थ हटाउनु, चिल्लोरहित धूलो दूध मिसाउनु, बासी दूध

फाट्ने डरले कार्बोनेट र वाइकार्बोनेट मिसाउनु, दूधलाई बाक्लो पार्न स्टार्च वा पीठो मिसाउनु ।

धूलो दूध : स्टार्च, चामलको पीठो वा मैदा, मेलामाइन ।

घिउ र नौनी : वनस्पति घिउ, बोसो, मैन, पिँडालु वा चिउरीको घिउ ।

आइसक्रिम : निषेधित कृत्रिम रंगहरू जस्तो मेटानिलएलो, कृत्रिम गुलियो आदि ।

चिया : असल चियामा कमसल चिया मिसाउनु, प्रयोग गरिसकेका खोस्टाहरू सुकाएर मिसाउनु, काठको धूलो रंग्याएर मिसाउनु ।

मासु : खसीको मासुमा बाख्रीको मासु तथा स्वस्थ जनावरको मासुमा मरेको जनावरको मासु मिसाउनु ।

तोरीको दाना : आर्जिमोन दाना ।

मिठाईंहरू : विभिन्न अखाद्य रंगहरूको प्रयोग, मेलामाइल मिसिएको दूध पाउडर ।

कुराउनी : मैदा वा बिस्कुट मिसाउनु ।

दालहरू : उच्चस्तर एवं महँगा दालमा निम्न गुणस्तरका दाल मिसाउनुका साथै रहरमा खेसरी, मुसुरोमा अँकरा मिसाउनु तथा पुरानो दाललाई रंग्याउनु ।

खाद्य तेलहरू : अखाद्य र खनिज तेल, तोरी तेलमा आर्जिमोन, भटमास वा आलसको तेल ।

धूलो मसला : गहुँको पीठो, कोलटार रंगबाट रंगाइएको काठको धूलो ।

मरिच : मेवाको बीउ ।

बेसार : मेटानिल एलो, मकैको पीठोका साथै अन्य पहेंला रंग ।

धनियाँ वा खुर्सानीको धूलो : धानको ढुटो रंग्याएर मिसाउनु ।

नुन र चिनी : सेता मसिना ढुंगाका टुक्रा, चकको धूलो तथा कनिका ।

मह : चिनीको चास्नी ।

वनस्पति घिउ : जनावरको बोसो ।

हल्का पेय पदार्थहरू : चाहिनेभन्दा बढी मात्रामा परिरक्षी, पानी तथा निषेधित रंगहरू ।

 मिसावटयुक्त खाद्यपदार्थको प्रयोगले मानव स्वास्थ्यलाई प्रभाव पारिरहेको हुन्छ । अखाद्य रंग तथा रसायनको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । केरामा स्वास्थ्यलाई हानिकारक काब्रोइडेक प्रयोग गरिन्छ । स्याउलाई बेक्स्ड र चम्किलो बनाउन मैन वा मैनजन्य पदार्थको झोलमा डुबाई बजारमा पठाइन्छ । दूधमा वासिङ पाउडर, युरिया, रंगजस्ता वस्तु पनि मिसावट हुने गरेका छन् ।

कास्टिक सोडायुक्त दूधको सेवनबाट पाचन प्रणालीमा समस्या ल्याउनुका साथै रक्त क्यान्सरजस्ता प्राणघातक रोगको सिकार बनाउँछ । आइसक्रिममा निषेधित कृत्रिम रंगहरू जस्तो मेटानियलो कृत्रिम गुलियोको प्रयोग हुन्छ । तोरी दानामा आर्जिमोन दाना, मिठाईंहरूमा अखाद्य रंगको प्रयोग, मेलामाइल मिसिएको दूध पाउडर, मरिचमा मेवाको बीउ, चामलमा बियाँ, कनिका, ढुङ्गा, उच्च जातको चामलमा निम्न जातका चामल मिसाई बिक्रीमा राखिन्छ । सिसा, पारो, आर्सिनिक, टिन, जिंकजस्ता धातु मिसाइएका खानेकुरा प्रयोग गर्दा बान्ता हुने, आँखामा असर, पाचन क्रियामा असर पर्ने, दिमाग, मृगौलालगायत अन्य अंगमा गम्भीर असर हुनसक्छ । पशुजन्य खानेकुरामा एन्टिबायोटिक बढी भएका खानेकुरा खाए आरटरीहरू कडा हुनु, मुटुमा समस्या उत्पन्न हुनु र उपचार गर्दा औषधिको असर नहुनु मेलामाइलले मृगौलामा पत्थरी, मूत्ररोगका साथै मृत्युसम्म हुन सक्ने गम्भीर असर पर्छ । 

नेपालको संविधानको धारा ४४ ले उपभोक्ता अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । त्यसमा उपभोक्ताले गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्नेहरू गुणस्तरहीन वस्तु र सेवाबाट क्षति पुगे क्षतिपूर्ति प्राप्त गर्न सक्ने व्यवस्था छ । धारा ५१ घ (७) मा व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीतिमा उल्लेख छ । संविधानलाई सफल कार्यान्वयन गर्न उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भैसकेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३ (ङ) मानव जिउज्यान, स्वास्थ्य तथा सम्पत्तिमा क्षति पुर्‍याउने वस्तु तथा सेवाको बिक्री–वितरणबाट सुरक्षित हुन पाउने अधिकार ३ (६) हानी–नोक्सानीविरुद्ध क्षतिपूर्ति पाउने अधिकारको व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को दफा १०७ मा खाद्य पदार्थमा मिसावट गर्न नहुने यदि गरे ५ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । उक्त ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्यपदार्थमा बिक्री–वितरण गर्न नहुने व्यवस्था छ । 

संविधान र कानुनमा व्यवस्था भएर मात्र उपभोक्ताले न्याय पाउँदैनन् । त्यसका लागि सरकारका नियामक निकाय सशक्त हुनु आवश्यक छ । सरकारी नियामक निकायको कमजोरी उपस्थितिका कारण बजारमा गलत प्रवृत्तिको मलजल भैरहेको छ । यस्ता गलत कार्य रोक्न तर्जुमा भएका ऐन कडाइका साथ लागू गर्न सरकारी सरोकार निकाय नागरिक समाज र स्वयं उपभोक्ताहरूले आपरी समन्वयमा अघि बढ्न आवश्यक छ । 

खाद्य वस्तुको मिसावटको असरबाट जोगिन उत्पादन मिति, उपभोक्ता मिति व्याज नम्बर तौल, उद्योगको पूरा नाम, ठेगाना आदि हेरेर मात्र सामान खरिद गर्नुपर्छ । बढी रंग देखिने, रङ्गिविरङ्गी अखाद्य वस्तुको प्रयोग भए खाद्य पदार्थ खरिद नभएका सडेगलेका झिंगा भन्किएका, विषाक्त अवस्थामा तयार पारिएका खाद्य वस्तु खरिद नगर्ने उपभोक्ता मिति समाप्त भएका सडेगलेका फोहोरी मानिसले तयार गरेका फोहोर ठाउँमा राखिएका खाद्यवस्तुको खरिद नगर्ने साथै समस्याको समाधानका लागि उपभोक्ता एकजुट भै सम्बन्धित निकायमा उजुरी गर्ने बानी बसाल्नुपर्छ । राज्यमा सरोकारवाला निकायहरू पनि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ । खाद्यवस्तु उत्पादन गर्न उत्पादक वितरक पनि आफ्ना व्यवसायप्रति जिम्मेवारी हुन जरुरी छ ।

मिसावटका कारण स्वास्थ्यमा पर्ने असर तथा त्यसबाट जोगिने उपाय 

मिसावटयुक्त खाद्य पदार्थको उपभोगबाट स्वास्थ्यमा नकारात्मक असर पर्छ । खेसरी दाल मिसाइएको दाल खाए प्यारालाइसिस, अखाद्य रंग प्रयोग गरिएको खानेकुरा उपभोग गरे मिर्गाैला, कलेजोमा असरदेखि क्यान्सरसम्म हुनसक्छ । त्यसैगरी कास्टिक सोडायुक्त दूधको सेवनबाट पाचन प्रणालीमा समस्या सिर्जना हुनुका साथै रक्त क्यान्सरजस्ता प्राणघातक रोगको सिकार भइन्छ ।

सिसा, पारो, आर्सेनिक, टिन, जिंक, तामा आदि धातुहरूको अधिक मिसावट भएका खानेकुरा खाए बान्ता हुने, आँखामा असर पर्ने, जाँगर नलाग्ने, प्यारालाइसिस हुने, पाचनक्रियामा असर पर्ने, दिमाग, मिर्गौला आदि अन्य अङ्गमा गम्भीर असर हुने हुन्छ । त्यसैगरी हानिकारक जीवाणु, कीटाणु तथा परजीवीले संक्रमित खाना खाए बान्ता हुने, पेट दुख्ने, प्यारालाइसिस हुने, झाडापखाला लाग्ने, ज्वरो आउन, कलेजो, मिर्गौला आदि संवेदनशील अंगहरूमा गम्भीर असर पर्ने हुन्छ भने त्यसको समयमै उपचार हुन नसके कतिपय अवस्थामा मृत्युसमेत हुनसक्छ । पशुजन्य खानेकुरामा एन्टिबायोटिक बढी भएको खानेकुरा खाँदा आरटरीहरू कडा हुनु, मुटुमा समस्या उत्पन्न हुनुका साथै उपचार गर्दा औषधिको असर देखा नपर्न सक्छ । त्यस्तै मेलामाइलले मिर्गाैलामा पत्थरी, अन्य मूत्र रोगका साथै मृत्युसम्म हुने गम्भीर असर पर्छ ।

मिसावटको असरबाट जोगिने उपाय

खाद्यदार्थमा हुने मिसावटको असरबाट जोगिन उपभोक्ताले खाद्यवस्तु खरिद तथा उपभोग गर्दा कुनै पनि प्याकिङ भएको खाद्यपदार्थको बाहिरी आवरण (लेबल) मा खुलाउनुपर्ने अनिवार्य मापदण्ड (उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर, तौल, आयतन, उद्योगको पूरा नाम ठेगाना) अवश्य पढ्नुपर्छ भने त्यस्तो विवरण उल्लेख नभएका खाद्यपदार्थ खरिद गर्नुहुँदैन । कुनै रोगी वा रोगनाशक पशुपंक्षीको मासु नखाने, चरा, मुसाको बिस्टा, रौं, ढुंगा आदि देखिएका वस्तु खरिद गर्नुहुँदैन । त्यस्तै बढी रंग देखिने, रंगीबिरंगी, अखाद्य वस्तुहरू, प्लास्टिकका खेलौना, बेलुन, सिटी आदि प्रयोग भएका खाद्यपदार्थ खरिद नगर्ने, सडेगलेका, झिंगा भन्किएका, विषाक्त अवस्थामा तयार पारिएका खाद्यवस्तु खरिद नगर्ने, उपभोग्य मिति समाप्त भएका, सडेगलेका, झिंगा भन्किएका, फोहोरी वा बिरामी मानिसले तयार गरेका तथा फोहोर ठाउँमा राखिएका खाद्यवस्तुहरू खरिद गर्नुहुँदैन । खाद्यवस्तुमा मिसावट छ कि छैन यकिन गर्न घरेलु उपायसमेत अवलम्वन गर्न सकिन्छ । 

खाद्यवस्तु खरिद वा उपभोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

    बढी टल्किने सामग्रीतर्फ आकर्षित हुनुहुँदैन । 

    खाद्यपदार्थमा मिसाइएका रंग वा सामग्री खान लायक हुन् कि होइनन् भन्ने कुरा निक्र्यौल गर्नुपर्छ ।

    यस्ता सामग्री खरिद गरिहाले कम्तीमा ८ घन्टा मनतातो पानीमा भिजाएर राखी राम्रोसँग पखालेर मात्र खानुपर्छ ।

    सामान खरिद गर्दा नाप तौल तथा गुणस्तर मापन चिन्ह अंकित 

सामान किन्नुपर्छ ।

    खाद्यपदार्थ हुन् वा फलफूल–तरकारी, अप्राकृतिक तथा अतिरञ्जित र बनावटी देखिने सामग्री खरिद गर्नुहुँदैन । 

 Image