आमाको कोशेली

अनोज रोक्का

भाद्र २९, २०७६

आफ्नो देश, संस्कार र संस्कृति मौलिक स्वाभिमानको लागि अजर र अमर हुन्छन् । विविध कारणले विदेशलाई कर्मभूमि बनाएका नेपाली मनहरुमा आफ्नो देशप्रतिको भातृत्वप्रेम अझ घनिभूतरुपमा प्रकट भएको हुन्छ ।  

हङकङमै जन्मिएका विद्या श्रेष्ठ, सईच्छा गुरुङ र स्यारन राई अहिले हङकङको युनिभर्सिटीमा ब्याचलर गरिरहेका छन् । आफ्नो समुदायका लागि केहि गर्ने अठोट लिएका यि तन्नेरी युवतीहरुले शुरु गरेका हुन आमाको कोशली ।

आमाको कोशेली यस्तो गैह् नाफामुखी संस्था हो, जसले हङकङको नेपाली समुदायमा जनचेतना फैलाउँनेसँगै सामाजिक क्षेत्रमा अप्ठयारामा परेकाहरुका लागि निशुल्क सहयोग गर्ने उदेश्य राखेको छ । त्यसका लागि संस्थाले वर्कसप, तालिमहरु, सडक नाटक लगायतका सामाजिक कार्यहरुलाई क्रमश बढुवा दिईरहेको छ ।

हङकङ शहर हेर्दा जति आधुनिक र ब्यस्त देखिन्छ, त्यति नै यहाँको नेपाली समाजभित्र कहालिलाग्दो विवशता र पिडाहरु छ्न टिम संयोजक विद्या भन्छिन् । घरेलु कामदारकारुपमा हङकङ आउँनु भएका नेपाली दिदीबहिनीहरुको अनेकन पिडा न उहाँहरु बताउँन सक्नुहुन्छ, न उहाँहरुलाई त्यस्तो निकायहरुको जानकारी नै छ । आफु सक्षम हुनेहरुले त गर्नुहोला तर असक्षम महिलाहरु पिडामा नै जीवन ब्यक्तित गरिरहनुभएको छ, उहाँहरुलाई सक्षम बनाउँन र सहयोग गर्नकै लागि हामी संस्थामार्फत एकजुट भएका हौ । 

हङकङमा रहेका एथ्निक माईनोरोटी अन्र्तगतको नेपाली समाजलाई हामी केहि योगदान दिन चाहन्छौ । हामीले संसार बुझ्यो, ईतिहासको अध्ययन गऱ्यौ अव यो ज्ञानलाई नेपाली समुदायमाझ पनि बाड्न चाहन्छौ कार्यक्रम संयोजक सईच्छा भन्छिन । समाजमा अनगिन्ती समस्याहरु छन् सवैको समाधान हामीबाट हुन्छ भन्ने हैन तर हामी र हाम्रो टिममार्फत उहाँहरुलाई हौसला र सहयोगको प्रयास अवश्य गर्नेछौँ ।

आफ्नो देश र समाज बुझ्नका लागि अध्ययनसागै महशुस पनि गर्न सक्नुपर्छ । हामीले त्यहि निश्कर्ष निकाल्दै नेपालको विकट गाउँ गाउँ पुग्यौ । छाउपडी प्रथालाई नजिकबाट नियाल्ने अवशर पायौं । हामीले पश्चिम नेपालका विभिन्न गाउँमा पुगेर रजस्वला हुँदा लगाउाने सेनेटरी प्याड बनाउाने विधि र प्रयोगका उपयोगिताहरुबारे त्यहााको युवाहरुसाग सेयर गर्‍यौँ । समुहका सचिव स्यारन भन्छिन मलाई आफ्नै देशमा केहि गर्ने सपना छ । सामाजिक सञ्जालमा विरोधका स्वरहरु उराल्नु भन्दा यर्थाथमा आफ्नो तर्फबाट दिईने योगदानले मात्र परिवर्तन देखिन्छ ।

युवा तथा महिलाहरुको शशक्तिकरण गर्दै विविध कारणले पछि परेकाहरुलाई उत्प्रेरित गर्ने लक्ष्य साथ स्थापना भएको आमाको काखले आफ्नो संस्थालाई आर्थिकरुपमा सबल बनाउँनका लागि च्यारिटीका विभिन्न कार्यक्रमहरुपनि गरिरहेको छ । आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकममा कलेज र च्यारिटीबाट संकलन भएको रकम सामाजिक सेवाका विभिन्न कार्यक्रमहरुमा प्रयोग गरिरहेका छौँ । हामी नयाँ अवश्य छौँ , तर हाम्रो सोच दिर्घकालीन र अत्यावश्यक छ सदस्य मेरिना फगामी बताउँछिन ।

संस्कृतिले समाजलाई कसरी परिवर्तन गर्न सक्छ ? भन्ने अध्ययनलाई महशुस गर्नका लागि छोटो समयमा स्थापना भएपनि आमाको काखमार्फत धेरैलाई लाभान्वित गराउँने कार्यक्रमहरुको तयारीसँगै युनिभर्सिटीसँग सहकार्य गर्दै विविध कार्यक्रमहरु चाँडै सार्वजनिक गर्नेछौ संयोजक विद्या बताउँछिन् । 

हङकङमा हुर्किरहेका तेश्रो पुस्ताका नेपाली तन्नेरीहरुमा आफ्नो समुदायको लागि यो प्रकारको लगाव हुनु आफैमा उत्साहजनक हो, कुशल वक्ता लक्ष्मी गुरुङ बताउँछिन् । 

टिमका सवै सदस्य आफ्ना अभिभावकहरुप्रति गौरव गर्छन । संस्था स्थापना गरेर सवैको प्रशंसा पाउनुको पछाडी आफ्ना अभिभावकको साथ र हौसला हो । सईच्छा भन्छिन् ‘हामीलाई हाम्रो अभिभावकको पुर्ण सपोर्ट छ, उहाँहरु हामीलाई जहिल्यै उत्प्रेरित गरिरहनु हुन्छ ।’

अधिकाशं अभिभावकहरुको गुनासो नै आफ्ना नानीहरुले संस्कार भुलेर आफ्नो देशप्रेमलाई महशुस गर्न नसक्नु नै रहेको छ । विदेशी भुमि पाश्चात्य संस्कृतिमा अभ्यस्त भईसकेका नानीहरुलाई देश, भाषा, संस्कृतिप्रतिको अपनत्व थाहा हुदैन । युनिभर्सिटीमा अध्ययन गरिरहेका यि तन्नेरीहरु धेरै युवाहरुका लागि प्रेरणाको गतिलो श्रोत बन्न सक्छ ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×