Successfully Copied

आदित्य र प्रिन्सेस लिटिल लुम्बिनी 

रुपन्देहीमा सम्पन्न मास्टर एन्ड मिस लिटिल लुम्बिनी–२०१९ को उपाधि आइडियल इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत आदित्यसिंह ठकुरीले जितेका छन् । मञ्जरी ग्रुपको आयोजनामा बुटवलमा भएको फिनालेमा ९ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

रुपन्देहीमा सम्पन्न मास्टर एन्ड मिस लिटिल लुम्बिनी–२०१९ को उपाधि आइडियल इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत आदित्यसिंह ठकुरीले जितेका छन् । मञ्जरी ग्रुपको आयोजनामा बुटवलमा भएको फिनालेमा ९ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । ठकुरीले उपाधिसँगै आगामी जनवरी २० तारिखमा फिलिपिन्समा हुने लिटिल एन्ड टिन ग्लाम इन्टरनेसनलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको मन्जरीका अध्यक्ष विशाल एच आलेले बताए । प्रतियोगितामा मिस मिनी लुम्बिनीको उपाधि अक्सफोर्ड स्कुल कक्षा १ मा अध्ययनरत प्रिन्सेस अर्यालले जितेकी थिइन् । उनले पनि जुनियर समूहमा सोही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछिन् । उक्त प्रतियोगिताका प्रतिस्पर्धीहरू नेभारा फेसनको पहिरनमा सजिएका थिए ।

अर्वनलाई बिटुडी डान्स

दोस्रो संस्करणको बिटुडी डान्स च्याम्पिनसिपको उपाधि बिई अर्वन कल्चरल गुप्रले जितेको छ । बिटुडी डान्स एन्ड फिटनेस स्टुडियोले आयोजना गरेको यो प्रतियोगितामा दि थन्डेरिङ किड्ज फस्ट रनर्सअप तथा स्टार्स स्क्वायर क्रिउ सेकेन्ड रनर्सअप घोषित भए भने बेस्ट कोरियोग्राफरको एवार्ड स्मृति गुरुङ तामाङले जितिन् । 

प्रतियोगितामा अडियन्स पपुलर एवार्ड अक्षय भण्डारी तथा भ्युअर्स च्वाइस एवार्ड स्टार स्क्वायर क्रिउले हात पारे । पोखरा उद्योग वाणिज्य संघको हलमा सञ्चालित उक्त फाइनलमा प्रतियोगीहरूले सोलो तथा गु्रपमा प्रतिस्पर्धा गरेका थिए ।

क्रिजेन्सालाई लिटिल आइडल 

२३ वटा विद्यालयका ७७ जना छात्रा सहभागी लिटिल मिस आइडल–२०१९ को फाइनलमा क्रिजेन्सा सिलवालले शीर्ष उपाधि जितेकी छिन् । प्रतियोगितामा रचना राई फस्ट रनर्सअप तथा कुञ्जा कुँवर सेकेन्ड रनर्सअप छानिएका थिए । उक्त प्रतियोगिता प्याब्सन काठमाडौं तथा एक्सन इन्टरटेनमेन्टद्वारा संयुक्त रूपमा आयोजित थियो ।

 Image