Successfully Copied

उपयोगी रत्न

ज्योतिष शास्त्रमा रत्नहरूको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । रत्नको उत्पत्ति सृष्टिसँगै भएको पाइन्छ । परम्परागत रूपमा रत्नको उत्पत्ति भने प्रकृतिबाटै भएको हो । कसले अर्थात् कुन राशिले कुन रत्न लगाउने भन्ने कुरा ज्योतिषीय योगबाट तय गरिन्छ । अहिले हामीकहाँ चलनचल्तीमा रहेका रत्न भने नवग्रह रत्न नै हुन् । यी

ज्योतिष शास्त्रमा रत्नहरूको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । रत्नको उत्पत्ति सृष्टिसँगै भएको पाइन्छ । परम्परागत रूपमा रत्नको उत्पत्ति भने प्रकृतिबाटै भएको हो । कसले अर्थात् कुन राशिले कुन रत्न लगाउने भन्ने कुरा ज्योतिषीय योगबाट तय गरिन्छ । अहिले हामीकहाँ चलनचल्तीमा रहेका रत्न भने नवग्रह रत्न नै हुन् । यी नवग्रह रत्नहरूका आ–आफ्नै विशेषता तथा फाइदा छन् । 

माणिक्य (रुबी) 

यो रत्नले आत्मबल वृद्धि गर्छ । 

मुगा (कोरल)

रगतलाई शुद्ध बनाउँछ ।

रुघाखोकी एवं ज्वरोबाट जोगाउने काम गर्छ । 

रुबी रातो रंगको प्रतीक भएकाले प्रेम सम्बन्धमा राम्रो मानिन्छ । 

मोती (पर्ल) 

मोतीले शीतलता प्रदान गर्छ । 

सुन्दरता दिलाउँछ । 

आन्तरिक निखार ल्याउँछ । 

मनोबल वृद्धि गर्छ । 

यौन क्षमता वृद्धि गर्छ । 

पराकम्पमा वृद्धि ल्याउँछ । 

पन्ना (एमराल्ड)

पन्नाले हरियो रंगको प्रतिनिधित्व गर्छ । यसले शरीरलाई आवश्यक हरियो रंगको कमी हुन दिँदैन । 

आँखाको ज्योति बढाउँछ । 

स्मरण शक्ति वृद्धि गर्छ । 

यो रत्न प्रयोग गर्दा खोज–अनुसन्धानमा समेत सफलता प्राप्त गर्न सकिन्छ । 

पुखराज (टोपाज) 

पुखराजमा पहेंलो रंगको मात्रा बढी हुने भएकाले शरीरमा पहेंलो रंगको कमी हुन दिँदैन । 

विवेकशीलता वृद्धि गर्छ । 

यो रत्न मधुमेहका लागि उपयोगी मानिन्छ ।

यसको प्रयोगले नियन्त्रणको क्षमता बढ्छ । 

समृद्धि प्राप्त हुन्छ । 

हीरा (डायमन्ड) 

हीराले चमक बढाउने काम गर्छ । 

शरीरको तापक्रम सन्तुलित राख्छ । 

नीलम (ब्लु सफायर)

रोग प्रतिरोधक क्षमता बढाउँछ । 

न्याय चेतनाको विकास हुन्छ । 

बाथ एवं चिसोबाट जोगाउँछ । 

कीटाणु नाशक क्षमता वृद्धि गर्छ । 

गोमेद 

नकारात्मक ऊर्जाबाट जोगाउँछ । 

छायाको दुष्प्रभाव पर्न दिँदैन । 

लहसुनिया 

यो रत्न पायल्स रोगका लागि उपयोगी छ ।

कृषि तथा पशुमा सहयोग पुर्‍याउँछ । 

सत्यको खोजीमा लाग्न प्रेरित गर्छ ।  

(ज्योतिष मनीष सापकोटासँगको कुराकानीमा आधारित )

 Image