भजनमा नयाँ शैली
गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए ।

नायिका सुमी मोक्तानले केटालाई पिटेको सरौतो चलचित्रको सिन राखेर बनाइएको केटी भनेको खतरनाक नै हुनुपर्छ, चकलेट हो र स्वीट हुनलाई भन्ने ट्रोल निकै हिट छ । २०१२ की मिस तामाङ सुमीले नायिकाका रूपमा डेब्यु गरेको सरौतोका लागि लगभग २ वर्ष उसु र तेक्वान्दोको प्रशिक्षण लिएकी थिइन् ।
उनले आफूलाई चकलेटी नायिकाका रूपमा भन्दा पनि साइलेन्स किलर गर्लका रूपमा प्रस्तुत गरेकी छिन् । सानैदेखि दिल्लीमा अध्ययन गरेकी सुमीले त्यहाँ विभिन्न प्याजेन्टसमेत जितेकी थिइन् । नेपालमै बस्ने योजना बनाएर स्वदेश आएकी सुमीले ३ वर्षको काठमाडौं बसाइमा ३५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुमी आफूलाई एक्सन नायिकाका रूपमा अघि बढाउने सोचमा छिन् ।