Successfully Copied

रोग र व्रत 

 मिर्गौलाका बिरामीले पनि तीजको निराहार व्रत बस्नु हुँदैन । चिकित्सकको सल्लाह लिएर मात्र ब्रत बस्नु पर्छ । उच्च रक्तचापका बिरामीले व्रत लिँदा रिंगटा लागेर बेहोस हुन सक्ने भएकाले समय–समयमा ग्लुकोज पानी सेवन गरिरहनुपर्छ ।

उपवास वा व्रत बस्दा शरीरको पाचन प्रक्रियामा परिवर्तन आउँछ । मधुमेह भएका बिरामीलाई व्रतले नकारात्मक असर गर्न सक्छ । त्यसैले मधुमेहका बिरामीले पूर्ण व्रत बस्नु हुँदैन । तीजमा आफ्नो मन शान्तिका लागि व्रत बस्नुपरे सम्बन्धित चिकित्सकको सल्लाह लिन सकिन्छ । विशेषतः मधुमेहका बिरामीले इन्सुलिन वा औषधी लिने गरेका छन् भने व्रत बस्दा औषधीको मात्रा मिलाउनुपर्छ । यस्तो स्थितिमा औषधी घटाउनुपर्ने तथा कहिलेकाहीं औषधी नै सेवन नगर्नुपर्ने हुन सक्छ । खाली पेटमा इन्सुलिन लिए वा औषधी सेवन गरे रगतमा ग्लुकोजको मात्रा निकै घटेर बिरामी बेहोससमेत हुन सक्छन् । 

    मिर्गौलाका बिरामीले पनि तीजको निराहार व्रत बस्नु हुँदैन । चिकित्सकको सल्लाह लिएर मात्र ब्रत बस्नु पर्छ । उच्च रक्तचापका बिरामीले व्रत लिँदा रिंगटा लागेर बेहोस हुन सक्ने भएकाले समय–समयमा ग्लुकोज पानी सेवन गरिरहनुपर्छ ।

    कतिपय महिला तीजका बेला मन्दिरमा लाइन बस्दाबस्दै बेहोस हुन्छन् । बेहोस भएका व्रतालुलाई भीडभन्दा बाहिर खुल्ला ठाउँमा राख्नुपर्छ । व्रतालु बोल्न सक्ने अवस्थामा भए जीवनजल तथा ग्लुकोज पानी ख्वाउनुपर्छ । बोल्नै नसक्ने अवस्था छ भने सलाइन पानी नै दिनुपर्छ । यतिबेला ठाउँ–ठाउँमा स्वास्थ्य क्याम्प पनि राखिएको हुन्छ । त्यही लगेर सलाइन पानी दिन सकिन्छ । यस्ता बेहोस बिमारीको वरिपरि रमिता हेरेर भीड गर्नुहुँदैन ।

    व्रत बस्ने अघिल्लो दिन वजनदार तथा चिल्ला खानेकुरा खाँदा बान्ता, डायरिया आदिका साथै डिहाइड्रेसन हुन सक्छ । त्यसैले अघिल्लो दिन हल्का खानेकुरा खानु उपयुक्त हुन्छ । व्रतको भोलिपल्ट पहिले कालो चिया सेवन गर्नुपर्छ भने त्यसपछि मात्र हल्का खानेकुरा खानुपर्छ ।

 

 Image