बुवाको मुहारमा खुसी हेर्ने दिन

डा. नम्रता पाण्डे

भाद्र १३, २०७६

वर्षभरि व्यक्त हुन नसकेका हाम्रा भावना त्यस दिन बुवाका नाममा कविता बनेर निस्कन्छन् । सबैको हृदयबाट प्रेमरूपी, श्रद्धारूपी र भक्तिरूपी उद्गारहरू व्यक्त हुन्छन् । बुवा सधैं हाम्रा लागि खुल्ला आकाश भए जहाँ उनले आफ्ना सन्तानलाई पन्छीसरह खुल्ला, स्वतन्त्र, आनन्दित एवं सुखी जीवनको कामना गरे । 

 

पितृन्नमस्ये निवसन्ति साक्षाद्ये देवलोकेऽथ महीतले वा ।

तथान्तरिक्षे च सुरारिपूज्यास्ते वै प्रतीच्छन्तु मयोपनीतम् ।। (गरुडपुराण/अध्यायः८९)

मेरो पहिलो देवता त मेरा बुवा नै हुनुहुन्छ त्यसैले सबैभन्दा पहिले म मेरा बुवाकै पाउ पर्छु । म आफ्ना बुवालाई सशरीर रूपमा उपस्थित देवता मान्छु । बुवा त्याग र प्रेमका प्रतिमूर्ति हुन् । जीवनमा सफल हुने र प्रशंसा आर्जन गर्ने क्रममा चारैतिर भागदौड गर्दा हामीले आफ्नो जीवनदाता, आफ्नो उद्गम, आफ्नो शुभचिन्तक तथा सधै आफ्नो भलो चाहने व्यक्तिहरू एवं ती सम्बन्धको महत्व बिर्सिएका त हुँदैनौं ?

किनभने हाम्रो जीवनमा कुनै वस्तुभन्दा व्यक्ति महत्वपूर्ण हुन्छ भने कुनै सिद्धान्तभन्दा सम्बन्ध महत्वपूर्ण हुन्छ । जब बुवाको मुख हेर्ने दिन भनेर पात्रोमा मिति र दिनको संकेत लगाइन्छ अनि बुवाका लागि उपहारको बन्दोबस्त गर्न थालिन्छ तब बुवाको अलि धेरै सम्झना, अलि धेरै माया लागेर आएको अनुभव हुन सक्छ । हाम्रो जीवन, हाम्रो हुर्काइ, हाम्रो सफलता र हाम्रो जीवनशैली तथा संस्कारमा आमाको जति भूमिका छ त्यो भन्दा कम भूमिका बुवाको पनि छैन । औंसीका दिन बुवाको मुख हेर्ने दिन मात्र होइन बुवाको मुहारमा खुसी हेर्ने दिन पनि हो अझ भनौं साल–दरसालका लागि बुवाको अनुहारमा खुसी छर्ने प्रतिबद्धता जनाउने दिन हो । औंसी अर्थात् अँध्यारो, आना सन्तानको जीवनमा कहिल्यै औंसीको रातजस्तो अन्धकार क्षण नआओस् भनेर जीवनभर कर्म गरेर सन्तानको खुसी चाहने जन्मदाता बुवाको मुहारमा कतै हाम्रो व्यवहार र शब्दले कुनै पीडा त दिएको छैन ? भन्ने कुराको मूल्यांकन गर्ने दिनसमेत हो बुवाको मुख हेर्ने दिन । 

समय फेरिएको छ रे, हाम्रा अभिभावक हामी अनुकूल चल्न जान्दैनन् रे, जमाना आधुनिक भएको छ रे । त्यसैले काम गराइ, बोलाइ, हिँडाइ र रहनसहन वृद्घ बुवाको भन्दा हाम्रो राम्रो छ रे किनभने हामी शिक्षित र आधुनिक भएका छौं । हिजोआज बुवाको मुख हेर्ने पर्व इन्टरनेट र सामाजिक सञ्जालमै बढी तामझाम पूर्वक मनाइन्छ । स्वदेशमा हुनेले आ–आना खुबी र इच्छाअनुसार उपहार दिएर, आशीर्वाद लिएर तथा टन्न फोटो खिचेर फेसबुक आदि सामाजिक सञ्जालमा पोस्ट गर्दै हामीले बुवाका लागि कति गरेका छौं त्यो अरूले पनि हेरून् भन्ने मनसायले प्रदर्शन गर्छौं । विदेशमा हुनेले पनि सम्झेर बुवालाई फोन गर्छौं, आशीर्वाद लिन्छौं, बुवासँग बसेका पुराना तस्बिरहरू पोस्ट गर्दै धुमधामले फादर्स डे मनाउँछौं ।

वर्षभरि व्यक्त हुन नसकेका हाम्रा भावना त्यस दिन बुवाका नाममा कविता बनेर निस्कन्छन् । सबैको हृदयबाट प्रेमरूपी, श्रद्घारूपी र भक्तिरूपी उद्गारहरू व्यक्त हुन्छन् । बुवा सधैं हाम्रा लागि खुल्ला आकाश भए जहाँ उनले आना सन्तानलाई पन्छीसरह खुल्ला, स्वतन्त्र, आनन्दित एवं सुखी जीवनको कामना गरे । बुवाले आफ्नो जीवनभरको कमाइ सन्तान सुखमा लगाए । सन्तान हुर्काउन, पढाउन के–कस्ता अप्ठ्यारा स्थिति आए ती पीडालाई भित्रभित्रै दबाए र बाहिर सहज रूपमा प्रस्तुत भए किनभने हाम्रो समाजले भन्दिएको छ लोग्ने मान्छेले आँसु झार्न हुँदैन । लोग्ने मान्छेले पीडा देखाउनु हुँदैन र लोग्ने मान्छेले मन कमजोर बनाउनु हुँदैन । चाहेर पनि बुवाले भित्रको पीडा छताछुल्ल व्यक्त गर्न पाउँदैनन् ।

बुवाहरू सहन्छन्, भित्रभित्रै आना पीडा दबाउँछन् र सन्तानका लागि बाहिर कठोर र मर्द बुवाका रूपमा चिनिन्छन् । आना सन्तानको प्रतिकूल परिस्थितिमा पनि नआत्तिनू, केही हुँदैन, चिन्ता नगर, म छु तिम्रा लागि भन्ने आशाका शब्दहरू निस्कन्छन् बुवाको मुखबाट सधैं । हामी ८–९ महिनाको भएपछि कहिले बोली फुट्ला छोराछोरीको, कुन शब्द निकाल्लान् र कसरी बोल्लान् भनेर हाम्रो तोतेबोली सुन्न आतुर भए हाम्रा बुवा । अलिअलि बोली फुट्नासाथ परिवारका सदस्यलाई गर्ने सम्बोधन, आदरका शब्द, जी गर, दर्शन भन, माया गरिदेउ भन्दै कखरा सिकाउने अनि हामीमा संस्कार र सकारात्मकता छर्ने हाम्रा बुवाले बोलेको मिल्दैन अहिले हामीलाई । हिजोआज हामी भन्छौं–बुवा, मेरो साथी आउँदा हजुर कुरा नगर्नुस् है, हजुर बोल्न जान्नुहुन्न क्या ? कुनै सामाजिक कार्य वा भोजमा बुवालाई लिएर जाँदा सिकाउँछौं–बुवा, राम्रोसँग खानु है, पाखे तरिकाले खानुहुँदैन । बुवा कोही भेट हुँदा आफ्ना सबै कुरा नखोल्नुहोस् तपाईं बोल्न जान्नुहुन्न । घरमा फोनको घन्टी बज्छ–बुवाले सोध्नुहुन्छ कसको फोन हो ? हाम्रो जवाफ हुन्छ–हजुर बुझ्नुहुन्न क्या, हजुर चुप लाग्नुहोस्, हजुरलाई थाहा हुन्न...आदि–आदि जवाफ लगाउँछौं हामी ।

हजुर थुपुक्क बस्नुहोस्, दिएको खानुहोस्, नाति–नातिनाले जे गरे पनि चुप लाग्नुहोस्, तपाईंको जस्तो जमाना छैन अहिले । आजकलका केटाकेटीले तपाईंका कुरा बुझ्दैनन् । हामीले आफ्ना छोराछोरीका अगाडि यस्तै कुरा गर्‍यौं र सिकायौं भने कस्तो संस्कार र अनुशासन अनि नैतिकता सिक्लान् हाम्रै सन्तानले ? तोतेबोलीदेखि बोल्न, हाँस्न सिकाउने बुवा तिनै बालक ठूला भएपछि पाखे साबित हुन्छन् । उनका शब्द, उनका बोली मन नपरेर हामी उनलाई चुप लाग्न बाध्य बनाउँछौ भने हामी धर्तीका कलंकबाहेक अरू केही हुन सक्दैनौं ।

हामी भन्छौं बुवा तपाईंलाई के चाहिन्छ भन्नुहोस् हामी किनेर ल्याउँछौं । अफसोच, हाम्रा वृद्ध बुवालाई बजारमा खरिद गरिएको वस्तुभन्दा हाम्रो साथ र माया चाहिएको छ । बुवाका कुरा अनि अशक्त मनको भाव कसैले सुनिदिए पुग्छ । आना सन्तानले थोरै समय दिएर भलाकुसारी गरिदिए पुग्छ तर हामीले ख्याल गरेकै छैनौं, वृद्ध बुवाको भावना बुझ्ने कुरा । बुवा सानै कुराले, प्रेम र सद्भावले खुसी हुन्छन् भन्ने कुरा ? 

 हिजोआज वृद्धाश्रम बढ्दैछन् किनभने हामी व्यस्त छौं बुवाको स्याहार–सुसार गर्ने र उनलाई समय दिने फुर्सद छैन हामीसँग । हामीले मात्र हो र धनी, प्रतिष्ठित र इज्जतदारले पनि आमा–बुवालाई वृद्धाश्रम राखेका छन् भन्न हिच्किचाउँदैनौं हामी । तीमध्ये पनि हामी कति बुद्धिमान थियौं र आफैं लगेर राख्यौं, कति बुवाहरू आफै घर छोडेर हिँडेका छन्, जन्माएका सन्तानहरूले नसहेपछि वृद्धाश्रम पुगेका छन् । वृद्धाश्रम र अनाथाश्रमका हाम्रा बुवाहरूका हृदयविदारक भावना सुन्दा बुवाप्रति श्रद्घा–भक्ति हुनेहरूको आँखाबाट आँसु झर्छ । जिन्दगीका हरेक अँध्यारा र अप्ठ्यारा मोडहरूमा आना सन्तानलाई उज्यालो बाटो देखाउने बुवाहरूलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास गर्ने सन्तान पनि हामी यही समाजमा छौं । जीवित छँदा बोझ मान्ने सन्तानले बुवाको मृत्युपछि छाती पिटीपिटी रुँदा वा बुवाको श्राद्धमा भौतिक वस्तु दान गरेर पछुताउँदैमा बुवाको ऋण (पितृ ऋण) तिरिएला त ?

४–५ जना सन्तानलाई दुःख–पीडा नदिई हुर्काउने, बढाउने र पढाएर प्रतिष्ठित बनाउने बुवाका सम्बन्धमा हामी सन्तानबीच झगडा हुन्छ कसले पाल्ने भनेर ? त्यसपछि हामी बुवा मेरा मात्र हुन् र ? तैंले पाले पनि हुन्छ भन्नसम्म पछि पर्दैनौं । बुवाको स्नेह र इच्छा बिर्सिएर आना बुवालाई भार सम्झने मूर्खताले भरिएका पनि हामी नै हौं । सानोमा रुँदा, निıा नलाग्दा, बिसन्चो हुँदा कयौं रात बुवालाई पनि निıा लागेन । आजकल बुवाको खोकी ठूलो भयो भने बा, तपाईंले खोकेर रातभरि निदाउन सकिएन भन्न लाजै मान्दैनौं । अथाह सम्पत्तिको मालिक हुँदैमा वा कुनै प्रतिष्ठित पद धारण गर्दैमा कहाँ इज्जत मिल्छ र ? वास्तविक धनवान् र प्रतिष्ठितको परिचय त त्यसलाई मिल्छ जोसँग आना आमाबुवाको सेवा गर्ने समय छ । धन कमाउने, व्यस्त रहने, प्रतिष्ठा कमाउने इच्छा हुँदैमा संसार देखाउने बुवाप्रतिको प्रेम र त्यागलाई बिर्सने हो भने हाम्रो कमाइ दुई कौडीको हुनेछ । हाम्रो जीवनमा बुवाले जति योगदान दिएका छन् त्यसको एक प्रतिशत मात्र पनि उनलाई हाम्रो सेवाका रूपमा फर्काउन सके हाम्रो जीवन धन्य हुनेछ । बुवाको चित्त दुखाएर पनि हामी धनी बन्न त सक्छौं तर सुखी हुन कदापि सक्दैनौं ।

हामीलाई असल सन्तानको परिचय तब मिल्छ जब हामीमा बुवाको जस्तै निःस्वार्थ भाव कायम रहन्छ । बुवाहरू त्यसै पनि आना सन्तानप्रति गौरवान्वित हुन्छन् । बुवालाई दिने सर्वश्रेष्ठ उपहार धन–सम्पत्ति र पैसा होइन असल चरित्र एवं सत्कर्म हुनसक्छ । सन्तानहरू आज जुन पद र प्रतिष्ठा अनि सम्मानमा छन् त्यो बुवाकै देन हो । बुवाको बाँकी जीवनमा सन्तानहरूको देनले खुसी ल्याउन सके त्यो असल सन्तानको संकेत हुनेछ । बुवा हाम्रा सौभाग्य हुन्, हाम्रा प्रतिष्ठा हुन् ।

हामी उनको ऋण त केही गरी चुकाउन सक्दैनौं र पनि औंसीको दिन प्रदान गरिने उपहारभन्दा वर्षभरि नै बुवाको अनुहारमा दुःखका बक्ररेखाहरू कोरिन नपाऊन् भन्ने कुराको ख्याल उनका लागि ठूलो उपहार साबित हुनेछ र त्यही नै बुद्धिमानी पनि हो । बुवालाई सेवा, सम्मान, प्रेम, भक्तिभाव र समय दिन सके, उनको भावनाको कदर गर्न सके मात्र बुवाको मुख हेर्ने दिनको मर्म सार्थक हुन्छ अन्यथा एकदिन फलफूल ख्वाएर वा नयाँ पहिरन उपहार दिएर फेसबुकमा फोटो राख्दैमा के हुन्छ र ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्