Successfully Copied

तीजको दरमा एमा डात्सी र पनिर ग्रेभी

पानीमा केही थोपा तेल हालेर प्याज, क्याप्सिकन, गोलभेंडा, बोडी तथा लसुन उसिन्ने । १५ मिनेटपछि त्यसमा मोजोरोला चीजसँगै नुन र मरिच हालेर एकछिन पकाउने । यो परिकार पुलाउ, भात वा चिउरासँग पनि खान सकिन्छ ।

एमा डात्सी

सामग्री : प्याज २ वटा, क्याप्सिकन २ वटा, गोलभेंडा २ वटा, बोडी ५–६ वटा, मोजोरोला चीज २ सय ग्राम, लसुन ५ ग्राम, नुन–मरिच स्वादअनुसार ।

विधि : पानीमा केही थोपा तेल हालेर प्याज, क्याप्सिकन, गोलभेंडा, बोडी तथा लसुन उसिन्ने । १५ मिनेटपछि त्यसमा मोजोरोला चीजसँगै नुन र मरिच हालेर एकछिन पकाउने । यो परिकार पुलाउ, भात वा चिउरासँग पनि खान सकिन्छ ।

पनिर ग्रेभी 

सामग्री : पनिर २ सय ग्राम, गोलभेंडा १ सय ग्राम, अदुवा र लसुन ५० ग्राम, प्याज १ वटा, खुर्सानी, बेसार तथा नुन स्वादअनुसार ।

विधि : पनिरलाई क्युब आकारमा काटेर खैरो हुन्जेल फ्राई गर्ने । मिक्सरमा गोलभेंडा, अदुवा, लसुन तथा खुर्सानीको पेस्ट बनाउने । एउटा प्यानमा प्याजलाई खैरो हुने गरी फ्राई गर्ने र मिक्सरमा तयार गरिएको पेस्ट हाल्ने । सानो आँचमा ग्रेभी भुट्ने र पानी अनि पनिर हालेर राम्रोसँग पकाउने ।

 

 Image