Successfully Copied

गर्भवतीका लागि शुभकामना कार्ड

गर्भस्थ शिशुलाई शारीरिक अपाङ्गताबाट जोगाउने उद्देश्यले इलामका २७ वटा गाविसमा गर्भवतीका लागि शुभकामना कार्ड लागू गरिएको छ । नवजात शिशुलाई कुनै पनि शारीरिक अपाङ्गता हुनबाट जोगाउन शुभकामना कार्डमा विभिन्न जानकारी प्रदान गरिएको छ । 

स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आउँदा स्वास्थ्य चौकीका प्रमुख अर्थात् व्यवस्थापन समितिका सचिवले गर्भवती महिलालाई उक्त शुभकामना कार्ड प्रदान गर्छन् । उक्त कार्डमा गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्ने, नियमित आइरन चक्कीको प्रयोग, चार महिना लागेपछि जुकाको औषधि, गर्भावस्थामा देखापर्न सक्ने खतराका लक्षण, गर्भ जाँच गराउन भित्तेपात्रो आदि जानकारीमूलक सन्देश समेटिएको छ । 

त्यसैगरी कार्डमा गर्भवतीले खानुपर्ने विभिन्न पौष्टिक आहार, शिशु जन्मिएपछि शिशुको स्याहार, स्तनपान आदिका बारेमा समेत उल्लेख गरिएको छ । 

 Image