अघिल्ला ५० वर्षको तुलनामा बितेका गत ५० वर्षमा धेरै मानिस गरिबीबाट माथि उठेका छन् । यद्यपि अझै पनि १ अर्ब २० करोडभन्दा बढी मानिस दैनिक एक अमेरिकी डलरभन्दा कममा जीवन गुजारा गरिरहेका छन् ।
केही अनुमानअनुसार विश्वका गरिबहरूमध्ये ७० प्रतिशत महिला छन् । कृषि र विकासका लागि अर्न्तराष्ट्रिय कोष (आईफाड) को प्रतिवेदनले विकासोन्मुख देशहरूमा महिलाको स्वामित्वमा रहेको जमिन २ प्रतिशतभन्दा कम रहेको उल्लेख गरेको छ । अन्तरदेशीय सीमा पार हुने गरी बेचबिखनमा परेका पीडितहरूमा करिब ८० प्रतिशत महिला तथा किशोरी एवं ५० प्रतिशत नाबालक छन् ।
विश्वका अनुमानित ३ करोड ३० लाख शरणार्थीमध्ये ७२ प्रतिशत महिला तथा बालबालिका छन् । गर्भावस्था वा सुत्केरी हुँदा उत्पन्न हुने समस्याका कारण विश्वको कुनै न कुनै ठाउँमा हरेक १ मिनेटमा एकजना महिलाको मृत्यु हुने गरेको छ ।