Successfully Copied

गोल्ड मेडलिस्ट मल्लिका

काठमाडौंमा आयोजित १२ औं एसियन शारीरिक सुगठनमा मल्लिका शाक्यले बुमन्स मोडल फिजिक्सतर्फको स्वर्णपदक जितेर पुरुषहरूको वर्चस्व रहँदै आएको खेलमा आफ्नो चुनौतीपूर्ण उपस्थिति जनाएकी छिन् । 

काठमाडौंमा आयोजित १२ औं एसियन शारीरिक सुगठनमा मल्लिका शाक्यले बुमन्स मोडल फिजिक्सतर्फको स्वर्णपदक जितेर पुरुषहरूको वर्चस्व रहँदै आएको खेलमा आफ्नो चुनौतीपूर्ण उपस्थिति जनाएकी छिन् । 

कलंकी ढुंगेअड्डाकी २९ वर्षीया शाक्य करिब ४ वर्षअघि शरीरलाई फिट राख्न जिम सेन्टर पुगेकी थिइन् । जिम सेन्टर जानुअघि उनलाई न फिटनेसका बारेमा जानकारी थियो न त शारीरिक सुगठन खेलका बारेमै । शाक्यका गुरु रुजेश शाहीले नै उनलाई शारीरिक सुगठनमा सहभागी हुन सल्लाह दिएका हुन् । फिटनेसका लागि जिम छिरेकी मल्लिकाले त्यसपछि कार्डियो इन्स्ट्रक्टरका रूपमा काम सुरु गरिन् । 

यसअघि उनले ‘मिस्टर एन्ड मिस हिमालय’ मा चौथो स्थान हासिल गरेकी थिइन् । विभिन्न फिटनेस सेन्टरमा इन्स्ट्रक्टरका रूपमा कार्यरत मल्लिकाको अबको योजना शारीरिक सुगठनमै आफ्नो भविष्य स्थापित गर्नु हो ।

 Image