Successfully Copied

अकुपञ्चरमा  कुनै प्रकारको पीडा हुँदैन

अहिलेको अवस्था हेर्दा सबैतिर उपचार गराएर हैरान भएर अन्तिममा अकुपञ्चर पद्धतिबाट उपचार गराउन आउनेहरूको संख्या बढी छ । यसले गर्दा बढी समय र खर्च लागेजस्तो देखिएको हो । रोगको उपचार सुरुदेखि नै अकुपञ्चर विधिबाट गराउने हो भने समय र खर्च बढी लाग्दैन । 

डा. सुरज कर्माचार्य / अकुपञ्चर विशेषज्ञ

सबैतिर उपचार गराएर हैरान भएर अन्तिममा अकुपञ्चर पद्धतिबाट उपचार गराउन आउनेहरूको संख्या बढी छ । रोगको उपचार सुरुदेखि नै अकुपञ्चर विधिबाट गराउने हो भने समय र खर्च बढी लाग्दैन ।

अकुपञ्चर कस्तो उपचार विधि हो ? 

अकुपञ्चर चाइनिज उपचार विधि हो । यो विधिअनुसार शरीरमा सुईको माध्यमद्वारा उपचार गरिन्छ । 

 यो विधिमार्फत कसरी उपचार हुन्छ ? 

यो पद्धतिमा बिरामीको पीडा वा रोग र इनर्जी च्यानललाई ध्यानमा राखेर शरीरका प्वाइन्टहरू चुनिन्छ र इन्फेक्सन नहोस् भनेर स्पिरिटले सफा गरिन्छ । प्राविधिकद्वारा उक्त प्वाइन्टमा सुई लगाइन्छ । यसो गर्दा बिरामीलाई कुनै पीडा महसुस हुँदैन । 

 यो विधिमार्फत कस्ता शारीरिक एवं मानसिक रोगीको उपचार गरिन्छ ?

यो विधिअनुसार हरेक प्रकारका रोगको उपचार गरिन्छ । शारीरिक रोगहरूको कुरा गर्दा करिब २ सयदेखि ५ सयसम्म रोगको उपचार गरिन्छ । मानसिक रोगको उपचारमा भने चाइनिज पद्धतिद्वारा नै उपचार गरिन्छ । 

 अकुपञ्चरद्वारा रोग कम गर्ने मात्र होइन पूर्णरूपमा निर्मूल नै पार्न सकिन्छ ? 

यसमा रोगको अवस्था हेरेर उपचार हुन्छ । धेरैजसो रोग निर्मूल भएका थुप्रै उदाहरण छन् हामीसँग । कुनै–कुनै रोग भने केही मात्रामा कम गर्न सकिन्छ ।

 

 यो विधिबाट उपचार गराउँदा समय र खर्च बढी लाग्छ भन्ने सुनिन्छ नि ?

यो भनाइ गलत हो । अहिलेको अवस्था हेर्दा सबैतिर उपचार गराएर हैरान भएर अन्तिममा अकुपञ्चर पद्धतिबाट उपचार गराउन आउनेहरूको संख्या बढी छ । यसले गर्दा बढी समय र खर्च लागेजस्तो देखिएको हो । रोगको उपचार सुरुदेखि नै अकुपञ्चर विधिबाट गराउने हो भने समय र खर्च बढी लाग्दैन । 

 यति लामो समयदेखि अकुपञ्चर विधिबाट उपचार गर्दै आउनुभएको छ । उपचारका क्रममा रोगीको बुझाइ कस्तो पाउनुभएको छ ? 

यो पद्धतिबाट उपचार गर्दा मेन च्यानल पत्ता लगाई प्वाइन्टमा सुई घोचिने भएकाले धेरैले यो पीडादायक हुन्छ भन्ने सोच्छन् । वास्तवमा त्यस्तो हुँदैन । अकुपञ्चरमा कुनै प्रकारको पीडा हुँदैन । अहिले यो विधिद्वारा उपचार गराउनेहरूको संख्या निरन्तर बढ्दो छ । 

 Image