Successfully Copied

बेलायतमा नर्सिङको उच्च तहमा कल्पना

नर्सिङ पेशाको मात्र नभै नेपाल र नेपालीकै गौरव बनेकी छन् कल्पना घिमिरे । हाल उनी वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२ जुनदेखि वार्टफोर्ड जनरल हस्पिटलमा काम गरेकी कल्पनाले छोटो अवधिमा उक्त जिम्मेवारी पाएकी हुन् । ८ ए ब्याण्ड

नर्सिङ पेशाको मात्र नभै नेपाल र नेपालीकै गौरव बनेकी छन् कल्पना घिमिरे । हाल उनी वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२ जुनदेखि वार्टफोर्ड जनरल हस्पिटलमा काम गरेकी कल्पनाले छोटो अवधिमा उक्त जिम्मेवारी पाएकी हुन् । ८ ए ब्याण्ड तहमा रहेर काम गर्ने थोरै नेपाली मध्ये पर्छिन् उनी । 

२९ अप्रिलबाट मेट्रोनको भूमिका सुरु गरेकी कल्पनाले बिरामीको चाप व्यवस्थापन गर्नुपर्छ । ४ वटा वार्ड मध्ये एक डेढसय बिरामी एकजना मेट्रोनमा पर्ने कल्पना बताउँछिन् । करिब २ सय  

नर्स उनको अण्डरमा काम गर्छन् । कर्मचारी व्यवस्थापन, बिरामीको चाप व्यवस्थापन, जटिल प्रकृृतिको बिरामीका केस र गुनासा समाधान अर्थात् सिनियर लिडरसीपको काम उनले गर्नुपर्ने उनले बताइन् । 

साथै सुरक्षा, संक्रमण नियन्त्रण तथा गुणस्तर कायम राख्ने जिम्मेवारी पनि उनको हो । कडा परिश्रम तथा पेशाप्रतिको लगाव नै सफलताको कडी भएको बताउँदै कल्पना भन्छिन् –‘वर्क इज वरसिप ।’ सयौं बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले काममा हुँदा म बाहिरी संसार भुल्ने उनको बानी छ । 

५ वर्षभित्र हेड अफ नर्सिङ बन्ने लक्ष्य रहेको पनि उनले बताइन् । 

 

 Image