गायिका इन्दिरा भट्टराईको गीत हो – न्युरोडमा भयो एक्सिडेन्ट । गत वर्षको अन्त्यतिर सार्वजनिक भएको यो गीतका लागि गायिका भट्टराईलाई अवार्ड प्राप्त भएको छ । यसै साता कतारको दोहा शहरमा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा गायिका भट्टराईलाई यहि गीतका लागि उत्कृष्ठ पप गायिकाको
गायिका इन्दिरा भट्टराईको गीत हो – न्युरोडमा भयो एक्सिडेन्ट । गत वर्षको अन्त्यतिर सार्वजनिक भएको यो गीतका लागि गायिका भट्टराईलाई अवार्ड प्राप्त भएको छ । यसै साता कतारको दोहा शहरमा सम्पन्न ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’मा गायिका भट्टराईलाई यहि गीतका लागि उत्कृष्ठ पप गायिकाको अवार्ड प्रदान गरिएको हो ।
भट्टराईले अवार्ड प्राप्त गरेको उक्त गीत लालबहादुर सुब्बाले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार सुब्बालेनै दिएका छन् । सविन लिम्बुको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा श्रीदेव भट्टराई र एलिसा राईले अभिनय गरेका छन् ।
नेपाली गीत/संगीतमा लामो समयदेखि सक्रिय गायिका भट्टराईले अवार्डले आफूलाई गायनमा थप जिम्मेवार बनाएको बताएकी छिन् ।
यस वर्षको ‘मिस नेपाल वल्र्ड २०२३’ को उपाधी काठमाडौंकी २३ वर्षिया श्रीच्छा प्रधानले जितेकी छिन् । यसैगरी दाङकी २६ वर्षिया रैना मजगैयाले ‘मिस नेपाल अर्थ २०२३’ र ललितपुरकी प्रसिद्धी शाह ‘मिस नेपाल इन्टरनेसनल २०२३’ को उपाधी हात पारिन् ।