Successfully Copied

डेन्टल फोयिबा

बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।

बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।

डेन्टल फोबिया वा डेन्टल फियर भन्नाले दन्त चिकित्सककहाँ उपचार गर्न जाने डर बुझिन्छ । यस्तो किसिमको डर साना बालबालिका, वयस्क तथा वृद्धवृद्धालाई सबैमा हुन्छ । उपचारको डरले साना बालबालिकाहरू स्थिति निकै खराब भएपछि मात्र उपचारका लागि आउँछन् ।

जटिल अवस्थामा पुगेका त्यस्ता बालबालिकाको उपचार अझ कठिन, समय धेरै लाग्ने तथा पीडादायक हुन्छ । अभिभावकहरू पनि झर्ने दाँत त हो भन्ने भ्रमका कारण पनि आफ्ना छोराछोरीको दाँतको त्यति वास्ता गर्दैनन् । 

बूढाबूढीहरू दाँत निकाल्नुपर्ने डरले दुई–चारवटा दाँतका भरमा खाना खाइरहेका हुन्छन् । राम्रोसँग चपाएर नखाँदा दाँतबाहेक अन्य रोग पनि देखा पर्न सक्छ ।

 

डेन्टल फोबियाको कारण 

    पहिले गराइएको उपचारको तीतो अर्थात् पीडादायक अनुभव । 

    दन्त चिकित्सकले बिरामीप्रति गरेको व्यवहार ।

    उपचारका क्रममा औजारबाट निस्कने आवाज ।

    नकारात्मक अनुभव (दुखेको, सिरिङ भएको) । 

    महँगो दन्त उपचार । 

समाधान 

दाँतसम्बन्धी डर हटाउन बालबालिकालाई पहिले परामर्श दिनुका साथै डेन्टल कुर्सी तथा औजारका बारेमा बुझाइन्छ । यी सामानले आवाजबाहेक अन्य हानि नपुर्‍याउने कुरा सम्झाइन्छ । आवश्यक परे डेन्टल भिडियो, म्युजिक सुनाइनुका साथै अरूको चिकित्सा गरेको देखाइन्छ । यी सब गरेर पनि डर नहटे औषधि प्रयोग गर्न सकिन्छ । 

वयस्क तथा वृद्धवृद्धाका सन्दर्भमा पहिले आवश्यक परामर्श दिइन्छ र सामान्य उपचारबाट चिकित्सा सुरु गरिन्छ । बिरामीले दन्त चिकित्सकसँग सहज महसुस गरेपछि मात्र आवश्यकतानुसार जटिल उपचार गरिन्छ । यसका लागि बिरामी तथा चिकित्सक दुवैमा धैर्य, संयम तथा सहनशीलता आवश्यक हुन्छ । 

दाँतको उपचार समयमै नगराउँदा भविष्यमा अझ ठूलो रोग लाग्ने सम्भावना हुन्छ । जुन महँगो र लामो समयसम्म धाउनुपर्ने खालको हुनसक्छ । त्यसैले बेलैमा सामान्य चिकित्सा गराउँदा कम खर्चिलो, पीडारहित र छिटो उपचार हुन्छ । 

 

 Image