अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली गीत/संगीत र कला क्षेत्रमा कृयाशिल सिर्जुले गायक तीज गीतहरु सार्वजनिक हुने त्रम जारी छ । यहि क्रममा ‘नयाँ जमाना’बोलको अर्को तीज गीत सार्वजनिक भएको हो ।
गीतको बोल ‘नयाँ जमाना’ भएपनि गीतले भने आफ्नै संस्कृति बचाउनु पर्ने सन्देश बोकेको छ । नियमित जन–जीवनमा जे–जस्तो पहिरन तथा रहन–सहन भएपनि आफ्ना सांस्कृति पर्व तथा विशेष दिनमा भने आफ्नै संस्कृति झल्कने खालका पहिरन लगाउनु पर्ने कुरा गीतमा उल्लेख गरिएको छ ।
सार्वजनिक गीतमा रविन लामिछाने र शर्मिला तामाङ्ले लेखनमा सहकार्य गरेका छन् । गायिका सिर्जुलाई यो गीत गायनमा अर्का गायक राजेश बर्देवाले साथ दिएका छन् । गीतमा संगीत तथा संगीत संयोजन पनि गायक स्वयमकै रहेको छ । गीतको म्यूजिक भिडियोमा निर्मल क्षेत्री र सरु धिमालले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :
UUU