मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली गीत/संगीत र कला क्षेत्रमा कृयाशिल सिर्जुले गायक तीज गीतहरु सार्वजनिक हुने त्रम जारी छ । यहि क्रममा ‘नयाँ जमाना’बोलको अर्को तीज गीत सार्वजनिक भएको हो ।
गीतको बोल ‘नयाँ जमाना’ भएपनि गीतले भने आफ्नै संस्कृति बचाउनु पर्ने सन्देश बोकेको छ । नियमित जन–जीवनमा जे–जस्तो पहिरन तथा रहन–सहन भएपनि आफ्ना सांस्कृति पर्व तथा विशेष दिनमा भने आफ्नै संस्कृति झल्कने खालका पहिरन लगाउनु पर्ने कुरा गीतमा उल्लेख गरिएको छ ।
सार्वजनिक गीतमा रविन लामिछाने र शर्मिला तामाङ्ले लेखनमा सहकार्य गरेका छन् । गायिका सिर्जुलाई यो गीत गायनमा अर्का गायक राजेश बर्देवाले साथ दिएका छन् । गीतमा संगीत तथा संगीत संयोजन पनि गायक स्वयमकै रहेको छ । गीतको म्यूजिक भिडियोमा निर्मल क्षेत्री र सरु धिमालले अभिनय गरेका छन् ।
गीतको म्यूजिक भिडियो :
UUU