नेपाली गीत संगीतका क्षेत्रमा चिनिएको नाम हो – सहिमा श्रेष्ठ । सुरिलो स्वरकी धनी सहिमा चलचित्रको पार्श्व गायनदेखि आधुनिक गीतमा बेग्लै पहिचान बनाउन सफल छिन् । लोक संगीतमा पनि विशेष रुची राख्ने सहमिाले हरेक वर्ष तीजमा पर्व गीत लिएर उपस्थित हुने गरेकी छिन्
नेपाली गीत संगीतका क्षेत्रमा चिनिएको नाम हो – सहिमा श्रेष्ठ । सुरिलो स्वरकी धनी सहिमा चलचित्रको पार्श्व गायनदेखि आधुनिक गीतमा बेग्लै पहिचान बनाउन सफल छिन् । लोक संगीतमा पनि विशेष रुची राख्ने सहमिाले हरेक वर्ष तीजमा पर्व गीत लिएर उपस्थित हुने गरेकी छिन् ।
यो वर्षको हरितालिका तीज नजिकिदै गर्दा सहिमाले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । शनिबार राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको गीत गीतकार अमर वान्तुले लेखेका हुन् । सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।
सार्वजनिक गीतमो म्यूजिक भिडियोमा अभिनेत्री नीता ढुङ्गानाका साथमा गायिका श्रेष्ठले अभिनय गरेका छन् । पवित्रा आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि पवित्राकै रहेको छ । रामकृष्ण कार्कीले निर्माण गरेको म्यूजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।
स्याङ्जाकी सुनीता नेपाली सानैदेखि लोकगीत सुन्दै हुर्किइन् । चर्चित गायक–गायिका राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपानेका लोकगीतहरू सुन्दा उनलाई पनि यस्तै गाउने रहर जाग्यो । क्याम्पस अध्ययनकै क्रममा उनी यो क्षेत्रमा प्रवेश गरिन् र यसैलाई आफ्नो करिअरका रूपमा अगाडि बढाउने निष्कर्षमा पुगिन् ।