Successfully Copied

वर्षामा छालाको स्याहार

मौसमका साथ छालाको आवश्यकता पनि परिवर्तन हुन्छ । त्यसैले मौसमअनुसार छालाको स्याहार गर्ने योजना बनाउनुपर्छ । मनसुनमा छालालाई अतिरिक्त स्याहारको आवश्यकता हुन्छ त्यसैले आफ्नो छालाको प्रकार अनुसार रुटिन तय गर्नुपर्छ । 

क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजिङलाई आफ्नो रुटिनमा समावेश गर्नुपर्छ । 

सोप फ्रि क्लिन्जर एवं स्क्रव प्रयोग गर्नुपर्छ । यसले छालाको मोइस्चर लेवल कायम राख्छ । 

छालालार्ई सुक्खापनबाट जोगाउन अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ । 

मनसुनमा पनि छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक हुन्छ, त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नु उपयुक्त हुन्छ । हरेक दुई घण्टामा अनुहारमा पानी छर्कनुपर्छ । यसबाट छाला तरोताजा देखिन्छ ।

सातामा दुई पटक स्क्रव गर्नुपर्छ । यसबाट मृत छालाबाट छुटकारा प्राप्त हुन्छ । मनसुनमा बारम्बार फेसियल तथा ब्लिचिङ गराउँदा छाला सुक्खा हुन्छ । 

वर्षाले अनुहार भिजे टिस्यु पेपरले पुछ्नुपर्छ । यसले इन्फेक्सनको खतरा कम गर्छ । भोजनमा भिटामिन ई तथा ओमेगा थ्री समावेश गर्नुपर्छ । यसबाट छाला चम्किलो हुन्छ । मनसुनमा वाटरप्रुफ मेकअप प्रयोग गर्न सकिन्छ ।

 Image