सञ्चारकर्मी गीता अधिकारीले आफ्नो नाम गीतकारका रुपमा दर्ज गरेको अघिल्लो वर्ष नै हो । अघिल्लो वर्ष तीज गीत मार्फत गीत लेखनमा आएकी अघिकारीले यो वर्षको तीजका लागि पनि स्रोता तथा दर्शकलाई कोशेली पस्किएकी छिन् । यो वर्षका लागि उनले डान्सिङ् नम्बरको तीज
सञ्चारकर्मी गीता अधिकारीले आफ्नो नाम गीतकारका रुपमा दर्ज गरेको अघिल्लो वर्ष नै हो । लामो समयदेखि नेपाली रंग पक्रकारितामा सक्रिय अधिकारीले यो वर्ष पनि गीतकारको आफ्नो छविलाई पनि निरन्तरता दिएकी छिन् । अघिल्लो वर्ष तीज गीत मार्फत गीत लेखनमा आएकी अघिकारीले यो वर्षको तीजका लागि पनि स्रोता तथा दर्शकलाई कोशेली पस्किएकी छिन् । यो वर्षका लागि उनले डान्सिङ् नम्बरको तीज गीत सार्वजनिक गरेकी छिन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको तीज गीत ‘तीजैमा ब्रत बसी’ निक्कै राम्रो बनेको भन्दै अग्रजले शुभकामना दिए । छोरीके गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा सहभागीता जनाउन मोरङबाट काठमाडौं आएकी गीतकार अधिकारीकी आमा यमकुमारी अधिकारीले गला अबरुद्ध पार्दै भनिन्– ‘छोरीको प्रगतीमा खुशी छु ।’
गीतकार तथा सञ्चारकर्मी अधिकारीले आफ्नी आमालाई प्रमुख अतिथी बनाएर कार्यक्रमको आयोजना गर्दा धेरैले उनको प्रशंसा गरेका थिए । सार्वजनिक गीत अभिनेत्री तथा गायिका सारिका घिमिरेले गाएकी हुन् । गीतमा योगेश काजीले संगीत गरेका छन् ।
नारायण रिजालले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा गीतकार अधिकारी, गायिका घिमिरेका साथमा अभिनेत्री पुजना प्रधानले अभिनय गरेका छन् । मिलाप मासिकले निर्माण गरेको गीतको म्यूजिक भिडियो बिरेन्द्र भाट विपिनले सम्पादन गरेका हुन् । गीतको यो दोस्रो तीज गीत हो ।
‘हल्ला चल्यो मेरो रूपको टोलटोलमा’, ‘बेबी वसन्ती हट एण्ड स्विटी’, ‘ब्युटी विथ द बे्रन’ बोलका गीतहरू गाएर पुनः चर्चा बटुलेकी उनले महानायक राजेश हमाल र चकलेटी हिरो आकाश श्रेष्ठसँग समेत म्युजिक भिडियोमा कम्मर मर्काई दर्शक–श्रोतालाई लठ्ठ पारिसकेकी छन् ।