‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
नेपाली गायनमा धेरैले रुचाहेको नाम हो– गायिका सिन्धु मल्ल । उनका हरेक जसो गीत लोकप्रिय छन् । त्यहि लोकप्रिय गीत मध्येको एउटा गीत हो ‘चिटिक्कै भाछु रे ।’ एक समयको लोकप्रिय यो गीतको म्यूजिक भिडियो भने बनेको थिएन् ।
यहि लोकप्रिय गीतलाई केहि नयाँ पन दिएर गायिका मल्लले यो वर्षको तीजका लागि म्यूजिक भिडियो निर्माण गरिन् । उबेलाको लोकप्रिय यो गीतलाई उनका स्रोता दर्शकले पुनः उस्तै माया दिए । गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छोटो समयमै युट्युव ट्रेण्डिङमा आउन सफल भएको छ ।
गीतमा राजकुमार बगरका शब्द तथा सुदाम थापाको संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माका साथमा अन्य कलाकारले नृत्य गरेका छन् । शिव बिकले निर्देशन गरेको म्यूजिक भिडियोमा रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाको निर्माण रहेको छ ।
गीतको म्यूजिक भिडियो :