Successfully Copied

आलु–चना चाट

२ वटा उसिनेको आलु, आधा प्याज, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, हरियो धनियाँ १ चम्चा, आलु भुजिया ३ चम्चा, काटेको गालेभेंडा १ वटा, १ कप चना, हरियो धनियाँ १ वटा, सर्स्युंको तेल १ चम्चा तथा बदाम १ चम्चा ।

सामग्री : २ वटा उसिनेको आलु, आधा प्याज, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार, हरियो धनियाँ १ चम्चा, आलु भुजिया ३ चम्चा, काटेको गालेभेंडा १ वटा, १ कप चना, हरियो धनियाँ १ वटा, सर्स्युंको तेल १ चम्चा तथा बदाम १ चम्चा ।

विधि : एउटा प्यानलाई मिडियम आँचमा नुन र पानी हालेर उमाल्ने । त्यसमा चना हाली केही बेर अलग राख्ने । अर्को प्यानमा बदामलाई सर्स्युंको तेलमा ३ मिनेटजति ड्राई रोस्ट गर्ने । बदाम खैरो र क्रिस्पी हुन्जेल भुट्ने । त्यसपछि एउटा बाबलमा चना, प्याज, गोलभेंडा, खुर्सानी, धनियाँ, मसला तथा कागतीको रस हालेर राम्रोसँग मिक्स गर्ने । त्यो मिश्रणमा उसिनेको आलुलाई क्युब आकारमा काटेर हाल्ने र पुनः सबै मसलासँग मिक्स गर्ने । आलु र चनाको यो चाट गर्मीका लागि एकदमै उपयुक्त मानिन्छ ।

 Image