‘मिसेस भोग नेपाल–२०२५’ बनिन् सुमी
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रिजेन्टस मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् ।

नेपाली कथानक चलचित्र ‘बुलबुल’की अभिनेतृ स्वस्तिमा खड्काले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेकी छन् । सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’की अभिनेतृ खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ आफ्नो पोल्टामा पारेकी हुन् ।
फेष्टिवलमा सहभागीता जनाउन श्रीलंका पुगेकी अभिनेतृ खड्काले उक्त अवार्ड जितेसँगै आफ्ना फ्यानसँग खुशी साटेकी छिन् । विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमाका साथमा नव–अभिनेता मुकुन भुषालले शिर्ष भूमिकामा रहेर अभिनय गरेका थिए ।
सार्क फिल्म फेष्टिवलमा नेपालबाट फिचर फिल्म ‘बुलबुल’ सँगै ‘हरि’ र ‘प्रसाद’ले सहभागीता जनाएका थिए ।