रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

आउटलेट : कमलपोखरी
विशेषता : नेपाली ब्रान्डेड पहिरनका लागि उत्कृष्ट गन्तव्य ।
सात महिनाअघि पूजा पाण्डे तथा पूजा रिमाल मिलेर कमलपोखरीमा नेपाली ब्रान्डेड पहिरन पसल भोटो संचालनमा ल्याएका छन् । नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले स्थापित भोटोमा कटन, बाम्बो, सिफन, खादी, ऊनी आदि पहिरन उपलब्ध छन् ।
हातले बनाइएका वान पिस, सर्ट, टि–सर्ट, स्वेटरजस्ता पहिरन भोटोमा पाइने कर्मचारी निशा शाक्य बताउँछिन् । भोटो हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म खुल्छ । यहाँका पहिरन अन्यत्र पाइने पहिरनभन्दा भिन्न लुक्सका हुने निशाको दाबी छ । यहाँ मौसमअनुसारका पहिरन खरिद गर्न सकिन्छ ।