Successfully Copied

आगलागीको क्षति  न्यूनीकरणका उपायहरू

 परिवारिक योजना बनाउनुहोस् । घरको मूलढोका बन्द भए बाहिर निस्कनका लागि वैकल्पिक बाटोका बारेमा योजना तयार पार्नुहोस् । चेतावनीका लागि साथमा सधैँ सिट्ठी राख्नुहोस् । 

आगो मानिसलाई नभई नहुने कुरा हो तर सावधानी विना आगोको प्रयोग गर्दा वा हेलचेक्राईका कारण अधिकाशं आगलागीका घटना हुने गर्दछ । नेपालका ग्रामीण बस्तीहरूमा यस्ता आगलागीका घटना धेरै दोहोरिने गरेका छन् । कमजोर विद्युतीय संरचना तथा चट्याङका कारण पनि आगलागी हुने गरेको छ । आगलागीबाट बच्न आगलागीको जोखिम पहिचान गर्ने तथा उक्त जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्छ । जोखिम न्यूनीकरणको काम गर्दा महिला–बालबालिका तथा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ ।

    सुकेका काठ, पराल, पात–पतिङ्गर आदि छानामा नराखी घरभन्दा ३० फिट पर राख्नुहोस् । 

    आगो निभाउन नजिकैका तलाउ, पोखरी अथवा पानी ट्याङ्की तथा उच्च स्थानमा रहेका पानीका स्रोतहरूको पहिचान गर्नुहोस् । 

    परिवारिक योजना बनाउनुहोस् । घरको मूलढोका बन्द भए बाहिर निस्कनका लागि वैकल्पिक बाटोका बारेमा योजना तयार पार्नुहोस् । चेतावनीका लागि साथमा सधैँ सिट्ठी राख्नुहोस् । 

    आगो निभाउन सुक्खा यन्त्र (dry fire extinguisher) राख्नुहोस् । आगो निभाउन घरसँगै मसिनो बालुवा तथा सुक्खा माटो भए स–साना आगो निभाउन प्रभावकारी हुनसक्छ । 

    फोहोर–मैला घरनजिकै पोल्ने काम नगर्नुहोस् । यस्ता सामग्रीहरू जलाउँदा ढुङ्गाले घेरिएको र बल्ने सामग्रीहरू भन्दा टाढा हावाको दिशा पनि विचार गर्नुपर्छ । खरानी सेलाउन ३ दिन लाग्ने भएकाले खरानीलाई सुरक्षित रुपमा तह लगाउनु पर्छ । 

    यदि घर अथवा विद्यालयमा आगलागी भएको छ भने नलुक्नुहोस्, तत्काल बाहिर सुरक्षित स्थानमा निस्कनुहोस् । सकेसम्म चाँडो सहयोगका लागि अनुरोध गर्नुहोस् । 

    यदि घर, काम गर्ने ठाउँ अथवा विद्यालयमा आगलागी भएको छ भने जमिनमा घोप्टो परी नजिकैको सुरक्षित ढोकातिर घिस्रेर गई बाहिर निस्कनुहोस् । घिस्रदा खतरनाक धूवाँबाट टाढा रहन सहयोग मिल्छ । 

    सलाई, मैनबत्ती, पेट्रोल, मट्टीतेल आदिजस्ता ज्वलनशील वस्तुहरू बालबालिकाहरूको पहुँचबाट टाढा राख्नुहोस् । विद्युत् जडान गर्दा गुणस्तरीय सामान (तार, प्लग आदि) प्रयोग गर्नुहोस् ।

    लोड सेडिङ भएका बेला बिजुलीका उपकरणहरूको स्विच बन्द गर्नुहोस् र तार प्लगबाट निकाल्नुहोस् ।

    एक्स्टेन्सन कर्डहरू (extension cords) लाई अथवा भित्तामा भएका सकेटहरूलाई क्षमताभन्दा बढी भार नदिनुहोस् किनभने त्यसबाट गरेमा यसबाट आगलागी हुने संभावना प्रबल हुन्छ ।

 Image