Successfully Copied

तालिमपश्चात् किशोरीहरूको जोस

लेकसाइड तेक्वान्दो डोजाङले आफ्नो एकमहिने निःशुल्क आत्मरक्षा तालिम हालै सम्पन्न गर्‍यो । आत्मरक्षा तालिम लेकसाइड तेक्वान्दो डोजाङले वडा कार्यालय पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा आयोजना गरेको थियो ।

लेकसाइड तेक्वान्दो डोजाङले आफ्नो एकमहिने निःशुल्क आत्मरक्षा तालिम हालै सम्पन्न गर्‍यो । आत्मरक्षा तालिम लेकसाइड तेक्वान्दो डोजाङले वडा कार्यालय पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा आयोजना गरेको थियो । तालिममा झन्डै ८० जना सहभागी भएको प्रशिक्षक प्रितम कुँवरले बताए । पोखराको ताल बाराही मावि, पार्दी मावि र श्रीकृष्ण माविका विद्यार्थीलाई निःशुल्क तालिम दिइएको हो । तालिम सरकारी स्कुलमा लक्षित थियो । तालिममा छात्रा मात्र सहभागी थिए । ‘छाक्रालाई कसैले आत्रमण गर्न खोजे बच्ने उपाए सिकाइयो’ उनले भने । 

पोखरा महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरूका लागि आत्मरक्षा तालिम प्रदान गरिएको जानकारी दिइन् । ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकून् भनेर यो तालिम आयोजित गरिएको हो,’ पहारीको भनाइ थियो । तालिममार्फत किशोरीहरूमा आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटून्, किशोरीहरूलाई कसैले आक्रमण गर्न नसकून् भनेर वडाले सर्पोट गरेको हो,’ उनले भनिन् । तालिममा सहभागी किशोरीले तालिमपश्चात् आफूहरूमा आत्मबल बढेको प्रतिक्रिया दिए । उक्त डोजाङमा नियमित रूपमा तेक्वान्दो सिक्ने किशोर–किशोरीहरू पनि छन् । नियमित रूपमा तेक्वान्दो सिक्ने विद्यार्थीले समेत आत्मरक्षा तालिम लिन पुगेकाहरूलाई सहजिकरण गरे । 

तालिममा सहभागी अस्मिता दाहालले निःशुल्क रूपमा आत्मरक्षा तालिम लिन पाउँदा खुसी लागेको कुरा बताइन् । यस्तै कक्षा ७ मा अध्ययनरत सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सीप प्रदान गरेकोमा सन्तुष्ट छिन् । कक्षा ७ मा अध्ययनरत अस्मिता सुनार तालिममा सिकेका कुराले आफैलाई फाइदा गर्ने बताइन् । ‘तालिमले आफूलाई कसरी प्रोटेक्ट गर्ने थाहा हुने भएकाले फाइदा भयो,’ कक्षा ६ मा अध्यनरत सर्मीला सुनार भनिन् । 

लेकसाइड तेक्वान्दो डोजाङमा नियमित रूपमा तेक्वान्दो सिकाइन्छ । त्यहाँ नियमित तेक्वान्दो सिक्ने झन्डै ६० जना छन् । कञ्चन मगरले तेक्वान्दो सिकेका दुई वर्ष भयो । उनी पोखराको जनप्रिय स्कुलमा अध्ययनरत छिन् । तेक्वान्दो सिकेपछि आत्मबल बढेको उनी बताउँछिन् । ‘स्कुल जाँदा–आउँदा कुलोको बाटोबाट आउनुपर्थ्यो, त्यसमा केही खतरा थियो । बाटोमा ट्यापे केटाहरू हुन्थे । पहिले डर लाग्थ्यो, तर अहिले आत्मबल बढेको छ, डर लाग्दैन । कसरी बच्ने भन्ने उपाय सिकेकी छु । –मगरले बताइन् ।

लिजा कुँवरले तेक्वान्दो सिक्न थालेको सात वर्ष भैसकेको छ । उनले ममीको प्रेरणाबाट सानै उमेरदेखि तेक्वान्दो सिक्न थालेकी हुन् । सेल्फ डिफेन्सका लागि तेक्वान्दो उपयोगी हुने कुँवरको बुझाइ छ । उनले क्षेत्रीय प्रतियोगितामा ब्रोन्च मेडल जितिसकेकी छिन् । सफ्टवयर इन्जिनियर बन्ने सपना बोकेकी कुँवर तेक्वान्दो सिक्दा असल बानी व्यवहारसमेत सिकिने कुरा बताउँछिन् । 

यस्ता तालिमले बालबालिकामा आत्मबल बढ्ने तथा विभिन्न मुभमेन्टको जानकारी हुन्छ । त्यसका अतिरिक्त शरीरलाई फिट राख्न, माइन फ्रेस गर्न सघाउँछ । तेक्वान्दो तथा आत्मरक्षा तालिमले बालबालिका तथा युवतीमाथि हुने हिंसाका घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

 Image