अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित नेपाल स्पेल बीको तेस्रो अडिसनसँगै नेपालकै ठूलो डेन्टल क्याम्प सम्पन्न भएको छ । कोलगेट डेन्टलको मुख्य प्रायोजनमा संचालित उक्त डेन्टल क्याम्पमा देशभरका ८ हजार २ सय ७७ जनाको निःशुल्क दन्त परीक्षण गरिएको थियो ।
१ महिना चलेको उक्त डेन्टल क्याम्प देशभरका ९ सय ५६ वटा स्कुल–कलेजमा सञ्चालन गरिएको नेपाल स्पेल बीको सिजन–३ का आयोजक मालिन मिडिया इभेन्टका प्रमुख कार्यकारी अधिकृत महेश पोखरेलले बताए । डेन्टल क्याम्पमा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको विशेष सहभागिता थियो ।
नेपाल स्पेल बी सिजन–३ को अडिसनसँगै संचालन गरिएको डेन्टल क्याम्पमा ५ जना दन्त चिकित्सकले विद्यार्थी तथा सर्वसाधारणहरूको दन्त परीक्षण गरेका थिए । उक्त अवसरमा दन्त परीक्षणमा आएका विद्यार्थी तथा सर्वसाधारणलाई दन्त सचेतनासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।