‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।
कान्ति बाल अस्पतालले युरोलोजी ओपीडी सेवा संचालनमा ल्याएको छ । अस्पतालमा गत महिनादेखि नै ओपीडी सेवा संचालनमा आएको हो जहाँ पहिले जनरल फिजिसियनले नै जाँच गर्दै आएका थिए ।
अस्पतालमा बिरामीको चाप बढेपछि छुट्टै ओपीडी सेवा उपलब्ध गराउन थालिएको हो । युरो ओपीडी सेवा मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।
उक्त युरो ओपीडीबाट एक दिनमा १५ जनाभन्दा बढीले सेवा लिँदै आएका छन् ।