विश्व फोटोग्राफी दिवसमा विविध कार्यक्रम
‘नेपालका विशिष्ठ महिला’ शीर्षकमा प्रदर्शन गरिएको तस्बिरमा राष्ट्रका लागि विविध क्षेत्रमा योगदान संघर्ष गरेर पहिचान बनाउन सफल नारीहरुको ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको थियो ।

कान्ति बाल अस्पतालले युरोलोजी ओपीडी सेवा संचालनमा ल्याएको छ । अस्पतालमा गत महिनादेखि नै ओपीडी सेवा संचालनमा आएको हो जहाँ पहिले जनरल फिजिसियनले नै जाँच गर्दै आएका थिए ।
अस्पतालमा बिरामीको चाप बढेपछि छुट्टै ओपीडी सेवा उपलब्ध गराउन थालिएको हो । युरो ओपीडी सेवा मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म संचालन हुनेछ ।
उक्त युरो ओपीडीबाट एक दिनमा १५ जनाभन्दा बढीले सेवा लिँदै आएका छन् ।