Successfully Copied

शनिवार डिएसए स्टार नेपाल

गायन, नृत्य तथा अभिनयमा प्रतिभा भएका बालबालिकाहरुलाई लक्षित गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा सुनौलो सपना नेपाल तथा परिवर्तन ईभेन्ट हाउसले एउटा विशेष प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

गायन, नृत्य तथा अभिनयमा प्रतिभा भएका बालबालिकाहरुलाई लक्षित गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा सुनौलो सपना नेपाल तथा परिवर्तन ईभेन्ट हाउसले एउटा विशेष प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

असार ७ गते शनिवार काठमाडौंका जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने ‘डिएसए स्टार नेपाल’ शीर्षकको प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५ जना बालबालिकाहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम छ ।

सुनौलो सपना नेपालको आयोजना तथा परिवर्तन इभेन्ट हाउसको व्यवस्थापनमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि बालबालिकाहरुले नृत्य, गायन तथा अभिनयमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन् ।

डान्स, सिङ्गिङ तथा एक्टिङको उक्त प्रतियोगिताको शीर्षक ‘डिएसए स्टार नेपाल’ राखिएको छ । शनिवार बिहान १० बजेपछि जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने बालबालिकाहरुलाई नृत्य, गायन तथा अभिनय गरि तीन भिन्न समुहमा विभाजन गरेर प्रतिस्पर्धा गराइने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाइरहेका बालबालिकाहरुले तीन साताको प्रशिक्षण लिएका छन् । उनीहरुलाई कोरियोग्रँफर अंकित मानन्धर, डान्स ट्रेनर अनिशा खत्री, सुलभ थापा मगर, सुमी थापा मगर तथा संगीतकर्मी मिलन भट्टले गायनको प्रशिक्षण दिएका थिए ।

यसैबीच डिएसए स्टार नेपालमा प्रतिस्पर्धा गरिरहेका बालबालिकाहरुमाझ नेपाली चलचित्रका बाल कलाकार कुशाग्र भट्टराई प्रस्तुत भएका छन् । हालै आयोजित एक समारोहमा बाल कलाकार कुशाग्र भट्टराईले प्रतिस्पर्धिहरुलाई आफ्नो कलाकारिता क्षेत्रको अनुभव शेयर गरेका थिए ।

त्यसक्रममा प्रतिस्पर्धि बालबालिकाहरुले बाल कलाकार भट्टराईसंग विभिन्न प्रकारका जिज्ञासाहरु राखेका थिए । त्यसअघि हास्य श्रृंखला भद्रगोलका बाहुन डन अर्थात कलाकार अशोक धितालले पनि प्रतिस्पिर्धि बालबालिकाहरुलाई विशेष प्रशिक्षण दिएका थिए ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा जादुगर तथा कलाकार महादेव त्रिपाठीले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ ।

 Image