Successfully Copied

सौन्दर्यसम्बन्धी केही भ्रम

क्रिम वा लोसनको सहायताले स्ट्रेच मार्क्स कम गर्न वा हटाउन सकिन्छ । स्ट्रेच मार्क्स तौल कम वा बढी हुँदा हुनसक्छ । एकपटक स्ट्रेच मार्क्स बसेपछि त्यसलाई हटाउन गाह्रो हुन्छ । अहिले आएका विभिन्न क्रिम तथा विधिबाट यसलाई हटाउन सकिन्छ । 

धारणा 

चकलेट खाए दाँतमा कीरा लाग्छ ।

यथार्थ 

यो गलत धारणा हो । धेरै मानिस आफ्नो तनाव कम गर्न चकलेट सेवन गर्छन् । चकलेटमा फिनलेथेलामिन एम्फेटनिन पाइन्छ । यसले मस्तिष्कको ट्रिप्टोफिनको पाचन क्षमतालाई बढावा दिन्छ । ट्रिप्टोफिनले मस्तिष्कमा डोपामिन नामक हार्मोन स्राव गराउँछ । यसले मानिसलाई खुसीका साथै मुड राम्रो भएको महसुस गराउँछ ।

 

धारणा

कोका बटर स्ट्रेच मार्क्स हटाउन सहायक हुन्छ ।

यथार्थ 

क्रिम वा लोसनको सहायताले स्ट्रेच मार्क्स कम गर्न वा हटाउन सकिन्छ । स्ट्रेच मार्क्स तौल कम वा बढी हुँदा हुनसक्छ । एकपटक स्ट्रेच मार्क्स बसेपछि त्यसलाई हटाउन गाह्रो हुन्छ । अहिले आएका विभिन्न क्रिम तथा विधिबाट यसलाई हटाउन सकिन्छ । 

धारणा 

पटक–पटक अनुहार धोएर एक्नेको समस्या कम हुन्छ । 

यथार्थ 

अनुहार पटक–पटक धोए एक्ने कम हुँदैन । त्यसले त छालालाई अझ सुख्खा बनाउँछ । यसले गर्दा छालाको प्राकृतिक चिल्लोपन समाप्त हुन्छ फलस्वरूप छालामा सुख्खापन बढ्छ । त्यसैले बिहान र साँझ दुईपटक अनुहार धुनुपर्छ । यसले छाला रुखो हुन पाउँदैन । 

धारणा

ह्वाइट वाइन रेड वाइनको तुलनामा दाँतका लागि बढी हानिकारक हुन्छ । 

यथार्थ 

रेड वाइन होस् कि ह्वाइट वाइन दुवैले दाँतलाई हानि पुर्‍याउँछन् । वाइनले दाँतको सेतोपनमा पनि असर गर्छ । दाँत सफा राख्न सीमित मात्रामा वाइन पिउनुपर्छ । 

धारणा

परफ्युमलाई हत्केलामा लगाउँदा सुगन्ध आइरहन्छ ।

 

यथार्थ 

परफ्युमलाई हत्केलामा लगाउँदा त्यसको सुगन्ध दिनभर आइरहन्छ । सुगन्ध जहाँ बर्ढी गर्मी हुन्छ त्यहीँ लगाउनु उपयुक्त हुन्छ । त्यसैले परफ्युम हत्केला तथा घाँटीको पछाडि लगाउनुपर्छ । यसो गर्दा पुनः परफ्युम लगाउनुपर्ने आवश्यकता पर्दैन ।

 Image